हाम्रो पोखरा कास्कीले प्यारालाइसिस पिडितलाई गर्यो सहयोग
  • प्रमुख खबर

सामाजिक युवाहरुको एकता समाज परिवर्तन मा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ सामाजिक संजाल फेसबुक बाट स्थापित यस संस्था हाम्रो पोखरा कास्की ले प्यारालाइसिसले पिडित घान्द्रुक  निवासी रोहित गुरुङ सहयोगार्थ खेलेको देउसी भैलो कार्यक्रम बाट र females room Nepal(FRN) को पहिलो बार्सिकोत्सब पारेर हिजो शनिबार खाद्यान्न, लत्ताकपडा र नगद  ७,५०० सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक हिसाब ले कमजोर गुरुङलाई सानै भए पनि केहि खुशी दिने प्रयास गरेका छौ कार्यक्रम का सभापति समेत रहेका हाम्रो पोखरा कास्किका अध्यक्ष माधब पौडेल(ए.आर.) ले बताए । कार्यक्रममा प्रमुख अतिथि स्थानीय आमा समूह कि अध्यक्ष कमला गुरुङ, बिशेश अतिथी युवा होटल ब्यवसाही तथा समाजसेवि लछिन गुरुङ रहेका थिए । हाम्रो पोखरा कास्की का सदस्यहरु, FRN का सदस्यहरु, स्थानीय आमा समुह, होटल ब्ययसाही, र समाजसेविहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै सामाजिक संजाल बाट स्थापित महिला दिदी बहिनीहरुको मात्र ग्रुप फिमेल्स रुम नेपाल(FRN) ले पनि सामाजिक कार्य गर्दै आइरहेको छ र आफ्नो पहिलो बार्सिकोत्सब पारेर हिजो सहयोग गरेको हो । कार्यक्रम सन्चालन हाम्रो पोखरा कास्कीका सचिब सफल पौडेल ले गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्