नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङदी (एमएमसी) लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ ।
गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका वीच युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ्को रोहवरमा एक समझौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा एमएमसीको तर्फवाट अध्यक्ष मुखिया गुरुङ् र प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज वहादुर गुरुङ्ले हस्ताक्षर गरेका छन् ।
पोखरामा लिग खेलकै इतिहासमा पहिलो पटक हुन लागेको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने फूटवल प्रतियोगितामा होम एन्ड अवेको अवधारणामा एमएमसीले पोखरा रंगशालालाई रोजे पछि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । एमएमसीले उक्त रकम टिमको व्यवस्थापन लगायत फूटवल विकासका लागि खर्च गरिने वताएको छ । सम्झौतामा जनाइए अनुसार एमएमसीले प्रदेशको फूटवल विकासका लागि प्रदेश खेलकूद परिषद गण्डकीसंग मिलेर काम गर्ने भएको छ ।
एमएमसी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पहिलो पटक भोलि सनिवार नेपाल पूलिस संग खेल मैदानमा उत्रिने भएको छ । एमएमसी शहिद स्मारक लिग अन्तर्गतको ४४औं श्रृखलाको पूर्व सन्ध्यामा प्रदेश सरकारले उपलव्ध गराएको १० लाख सहयोग आर्थिक वर्ष २०७८/०७९ को वजेटमा समेत विनियोजन गरेको छ ।
सम्झौता पछि यूवा तथा खेलकुद मन्त्रि गुरुङ्ले एमएमसी जस्तो टिमसंग मिलेर प्रदेशको फूटवल विकासका लागि काम गर्न पाउनु एकदमै शुखद भएको वताएका छन् । एमएमसीले पोखरालाई होम ग्राउन्ड रोज्नु स्वागतयोग्य रहेको वताउदै हाल प्रदेश सरकारले १० लाख रकम व्यवस्थापनका लागि उपलव्ध गराए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फूटवल खेलाडि उत्पादन गर्ने नै रहेको जनाएका छन् ।
त्यस्तै सम्झौता पछि एमएमसीका अध्यक्ष मुखिया गुरुङ्ले समेत प्रदेश सरकार संग मिलेर फूटवल विकासका लागि अघि बढ्न पाउनु निकै खुशि लागेको बताएका छन् । उनले पहिलो पटक आफूहरु काठमाण्डौं वाहिर पोखरा जस्तो सुन्दर ठाउमा लिग खेल्न आएको र प्रदेश सरकार संग मिलेर फूटवल विकासमा अघि वढ्ने पनि बताएका छन् ।