नमुना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केदारनाथ न्यौपाने चयन भएका छन् । संस्थाको आज सम्पन्न २२ औं साधारणसभाले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा महेन्द्र कुमार गुरुङ, सचिवमा नवराज पहारी, कोषाध्यक्षमा हेमकुमार श्रेष्ठ, सदस्यहरूमा एकराज न्यौपाने, शिव बराल र माया कुँवर चयन भए । यस्तै लेखा समितिको संयोजकमा विश्वराज पौडेल, सदस्यहरू हेमप्रसाद तिमिल्सिना र देवी श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन भएका छन् ।
पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालको प्रमुख आथित्यमा भएको कार्यक्रममा हरीप्रसाद पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने गेहेन्द्र कोइराला,पुण्यप्रसाद पौडेल,सुष्मा बराल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत महेन्द्र गुरुङले गरेका थिए ।