अभिकर्ता किरणद्वारा श्रीमानको जन्मदिनमा बीमा पोलिसि उपहार
  • प्रमुख खबर

गास ,बास र,कपास र शिक्षा संगै अर्को महत्वपूर्ण आबश्यकताको रुपमा स्थापित हुँदै गरेको जीवन  बिमा नेपालमा पनि क्रमश: आम जनताले अबलम्बन गर्न थालेका छ्न।

आफ्नो र परिबारको बित्तिय र स्वास्थसंगै सुरक्षित  जीवन यापनको महत्त्वपूर्ण आधार बन्दै गएको जीवन बिमा  संस्कृतिलाइ पोखराकि एक अभिकर्ताले  आफ्नो आफन्तलाई जन्मदिनमा जीवन बिमा पोलिसी उपहार प्रदान गरेर अबिस्मरणिय बनाएकी छन।  महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पोखरामा  कार्यरत अभिकर्ता  कीरण भाट क्षेत्रीले आफ्नो श्रीमान राजन कार्कीको ४५ औं जन्मदिनको अबसरमा पोलिसी उपहार  प्रदान गरेकी हुन।

क्षेत्रीले  पन्ध्र बर्षे अबधी अन्तर्गत सात लाख रुपैयाको साबधिक जीवन बिमा पोलिसी उपहार प्रदान गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका  गण्डकी क्षेत्रीय प्रमुख अखिल धमलाले जानकारी दिए।धमलाले  जन्मदिनमा बीमा पोलेसी उपहार दिदाँ समाजमा राम्रो सन्देश जानुका साथै भोलिका दिनमा आइपर्न सक्ने जोखिम बहन गर्न सघाउ पुग्ने बताए ।उनले आफ्नो फजुल खर्च कटाएर सुरक्षित भबिस्यका लागि जीवन बिमा गर्नु र रचनात्मक कार्य गरि जन्मदिन मनाउनु प्रसम्सनिय भएको  भन्दै यस्ता कार्यहरूको सबैले अनुशरण गर्नु पर्ने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्