पोखरामा सर्वाधिक धनराशीको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघले आज पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजनामा यही पौष ११ गतेदेखि उक्त प्रतियोगिता संचालन हुने लागेको जनाएको हो । विभिन्न ११ वटा इभेन्टमा हुने प्रतियोगितामा मेन्स तथा उमन्स सिंगलतर्फबाट विजेता खेलाडीले नगद ८०÷८० हजार सहित ट्रफि प्राप्त गर्ने भएको छ । दुवै स्पर्धामा उप–विजेता खेलाडीले नगद ४०÷४० हजार तथा सेमिफाइनलिष्टले १०÷१० हजार पुरस्कार प्राप्त गर्ने सो प्रतियोगिताका संयोजक नविन चालिसेले जानकारी दिएका छन् ।
त्यस्तै मेन्स तथा उमन्स डबलतर्फ विजेताले नगद ३० हजार, उप–विजेताले नगद १५ हजार सहित ट्रफि र सेमिफाइनलाष्टिले नगद १० हजार सहित मेडल प्राप्त गर्ने भएका छन् । ३५ वर्ष माथिको सिंगलस विजेताले नगद ६० हजार, उप–विजेताले ३० हजार सहित ट्रफि र सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल प्राप्त गर्ने भएका छन् । ३५ वर्ष माथिको डवल्स विजेताले नगद २० हजार, उप–विजेताले नगद १० हजार सहित ट्रफि तथा सेमिफाइनालिष्टले १० हजार सहित मेडल प्राप्त गर्ने भएका छन् ।
यस्तै ४५ वर्ष माथिको सिंगल्स विजेताले नगद ४० हजार, उप–विजेताले नगद २० हजार सहित ट्रफि तथा सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल प्राप्त गर्ने भएका छन् भने ४५ वर्ष माथिको डबल्सतर्फ विजेताले नगद २० हजार, उप–विजेताले नगद १० हजार सहित ट्रफि र सेमिफाइनालिष्टले ५÷५ हजार सहित मेडल प्राप्त गर्ने भएका छन् ।
यसैबीच ५५ वष माथिको सिंगल्स विजेताले नगद ३० हजार, उप–विजेताले १५ हजार सहित ट्रफि र सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल पाउने भएका छन् । सोही उमेर समुहको डबल्स विजेताले नगद २० हजार, उप–विजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनालिष्टले नगद ५÷५ हजार सहित मेडल प्राप्त गर्ने भएका छन् । सो प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्स विजेताले नगद १५ हजार तथा उप–विजेताले नगद १० हजार सहित ट्रफि प्राप्ता गर्ने समेत संयोजक चालिसेले जानकारी दिएका छन् ।
उक्त प्रतियोगितामा पोखरा सहित भक्तपुर, काठ्माण्डौं, बाग्लुङ्ग, हेटौंडा, बुटवल लगायतका फरक फरक जिल्लाबाट झण्डै १ सय ३० खेलाडीको सहभागिता रहने टुर्नामेन्ट डाइरेक्टर राजन पौडेले बताएका छन् । मेन्स सिंगलतर्फ १२, उमन्स सिंगलतर्फ ७, ३५ वर्ष माथिको सिंगलतर्फ २१ त्था डबलतर्फ १३ जना, ४५ वर्ष माथिको सिंगलतर्फ ३२ तथा डबलतर्फ २१, ५५ वर्ष माथिका सिंगलमा १५ तथा डबलतर्फ १३ जना सहभागी हुने भएका छन् । यस्तै ६५ वर्ष माथिका सिंगलतर्फ ८ जनाले सहभागीता जनाउने पनि पौडेले बताएका छन् । माछापुच्छ«े बैंको मुख्य प्रायोजन रहेको सो प्रतियोगिता सम्पन्न गर्न झण्डै १३ लाख खर्च लाग्ने र त्यतिनै बचत हुने अनुमान रहेको आयोजक संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् ।