पोखरा सडक महोत्सवको सम्पुर्ण तयारी पुरा, गृहमन्त्री बालकृष्ण खाँडद्धारा उद्घाटन हुने
  • प्रमुख खबर

रेष्टुरेण्ट तथा बार एसोसियसन रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं संस्करणको पोखरा सडक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । रेवानद्धारा आज आयोजित पत्रकार सम्मेलनमार्फत भोलिबाट शुरु हुने महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । पौष १५ देखि १७ गतेसम्म संचालन हुने महोत्सव उद्घाटन समहारोह कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समुहको सहभागिता रहने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिएका छन् ।

महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा गर्ने भएको छ । संयोजक भट्टराईले ३ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकि प्रदर्शनी, डुङ्गा दौड प्रतियोगिता, वेटर रेस लगायतका प्रतियोगिताहरु आर्कषणका रुपमा  रहने बताएका छन् । त्यस्तै यस वर्ष रेवानले आतिशबाजी नगर्ने भएको छ । महोत्सव संयोजक भट्टराईले आतिशबाजी कानुन विपरित रहेकाले यस वर्ष अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थमा सो कार्य नगर्ने बताएका हुन् ।त्यस्तै संयोजक भट्टराईले यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने बताएका छन् ।

त्यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइनेका साथै महोत्सव अवलोकन गर्न आउने महानुभावहरुलाई कोभिड विरुद्को जोनसेन एण्ड जोनसेन खोप उपलब्ध गराइने पनि बताएका छन् । उनले शुक्रबार ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नं.५ मा खोप उपलब्ध गराइने जानकारी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्