पोखरा १६ बाटुलेचौर मा रहेको श्री बिन्ध्यबासिनी मा बि ले पचहत्तर बर्स प्रबेस गरेसंगै हीरक जयन्ति मनाउने भएको छ। यस बिधालयको संस्थापक प्रधानाध्यापक को रुपमा प.मुक्तिनाथ शर्मा हुनुहुन्थ्यो । आज सम्म आरोह अबरोह सुख दुख झेल्दै यँहासम्म आइपुग्दा राम्रो भूमिका खेल्ने सामाजिक बुद्धिजीवी , शिक्षक, बिधार्थी,समाजसेबी सबैलाइ नमन गर्दै आज पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा पोखराका पत्रकार, समाजसेवी लगायत अन्य संस्थाका मानुभाबहरूको उल्लेखनिय उपस्थिति थियो ।
सामुदायिक बिधालयहरूमा आफ्नो छुट्टै पहिचान राख्न सफल यस बिधालयले हीरक जयन्तीको अबसर पारेर पौष २६ गते बिहान ८;०० बजे प्रभातफेरी झ्याकी प्रदशन गरिने बताइएको छ भने यसै बिचमा विभिन्न कार्यक्रमहरू हुुुुनेछ र २७ गते बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना गरेको यस बिधालयले २७ गते नै नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मंत्री माननीय श्री देबेन्द्र पौडेल को प्रमुख आतिथ्यमा हिरक जयन्ति को समुदघाटन गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ । हिरक जयन्ति चैत्र मसान्त सम्म बिभिन्न प्रतियोगिता गरी सम्पन्न गरिने छ । र हीरक जयन्ति को अनुमानित खर्च एकचालिस लाख दस हजार लाग्ने जानकारी गराइएको छ ।
कक्षा एकमा २३ जना बाट प्रारम्भ भएको स्कुल २०१४ सालमा नि मा बि र २०१८ सालमा मा बि स्थापना भई वि. सं २०२१ मा एस ल सी मा ७ जना बिधाथीहरू समील्लित भई २0२२ सालमा नतिजा प्रकाशित हुदा शतप्रतिशत बिधाथी उतीण गराऊन सफल भएको थियो । २०५६ कार्तिकमा यसै बिधालयले आफ्नो ५०औं बसन्त पार गरी स्वर्णमहोत्सव भब्य र सभ्य रुपमा मनाएको थियो । बिधालय को स्तर उन्नति को लागि २०५७ मा श्रीमदभागबत महापुराण जस्ता कार्यक्रम गरेर २0५७ सालमा कक्षा ११ मा वर शिक्षा संकायमा अध्यापन आरम्भ गर्न सफल भएको थियो । बि.स.२०७६ को एस. ई. ई मा सामुदायिक बिधालयको तर्फ बाट प्रदेस मा तेस्रो र जिल्ला मा दोस्रो भएको यस बिधालय मा अहिले सम्म आइ पुग्दा शिशु कक्षा देखि १२ कक्षा सम्म १२०८ बिधार्थी ,कर्मचारी ८३ र ५६ जना निजि स्रोतका शिक्षक कर्मचारी रहेका छन् । वि.स. २०७७ बाट बैज्ञानिक शिक्षामा जोड दिई कक्षा ११ मा बिज्ञान बिषयको अध्यन थालिएको बिधालयले जनाएको छ ।