पोखरामा जमिन भासिदा गुडिरहेको माईक्रोबसको एक चक्का जमिनमुनि फसेको छ ।
पोखरा –३ नदिपुर स्थित मणिपाल जाने चोकमा आज विहान करिव ११ वजेतिर जमिन भासिदा पोखरा यातायात प्रा.लि. को ना १ ख ६४५४ नंबरको माईक्रोबसको अगाडिको चक्का जमिनमुनि फसेको हो । बगर देखि छोरेपाटन तर्फ गइरहेको उक्त बसका चालकका अनुसार बसमा सामान्य क्षेति भएपनि यात्रुहरु भने सकुशल रहेका छन् ।