विदेशको आम्दानीले स्वदेशमा लगानी, नेपालमै खोजौं अव सुनौलो विहानी
  • प्रमुख खबर

पछिल्लो क्रममा स्वदेशमा कुनै भविष्य नदेखेर विदेश पलायन हुने युवा जमात धेरै छन् । त्यस्तैगरी पर्देशमा केहि वर्ष विताएर त्यहाँ सिकेको सिपलाई स्वदेश मै फर्किएर त्यसको सदुपयोग गरी स्वदेशमा नै आफ्नो भविष्य उज्वल वनाउने युवाहरुको कमि पनि छैन ।
यस्तैमा वाग्लुङ् जिल्ला जैमुनि नगरपालिका वडा नं. ८ छिष्ती स्थाइ घर भएका के. वि. पुन करिव ५ वर्ष दक्षिण कोरियामा संघर्ष गरी आर्जन गरेको केहि आर्थिक आम्दानीले भिम वहक र चन्द्र वहक सँग सहकार्य गरी हाल पोखराको न्यूरोडमा ‘टप लेदर प्रोडक्ट एन्ड फिटिङ् प्रा.लि.’ नामक आफ्नै व्यवसाय संचालन गर्नुभएको छ । आर्थिक उन्नतिको लागि विदेश गएपनि त्यहाँ कमाएको पैसाले स्वदेशमा नै लगानि गरेर भविष्य वनाउन उहाँले यूवावर्गलाई सन्देश दिनुभएको छ । टप लेदर प्रोडक्ट एन्ड फिटिङ् प्रा.लि.का अध्यक्ष के.वि. पुनसंग प्रमुख खबरकर्मी सन्तोष पराजुलीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

सर्वप्रथम हजुरलाई प्रमुख खबर डट कममा स्वागत छ ।

धन्यवाद, नमस्कार

कोरियामा गरेको संघर्ष र स्वदेश फर्किएर आफैले थालेको व्यवसायमा कत्तिको भिन्नता पाउनुभयो ?

त्यहाँ काम निकै गारो थियो तर दुख गरेपछि आम्दानि राम्रै हुन्थ्यो, जीवन भने निकै कष्टपूर्ण थियो । यहाँ सवै आफ्नाहरु छन्, आफ्नै व्यवसाय भएका कारण काम गारो छैन तर गरेको लगानि उठाएर आर्थिक मुनाफा होला या नहोला भन्ने रिस्क चाहि उत्तिकै धेरै छ ।

कोरियाको त्यति राम्रो कमाइ छोडेर यहाँ आएर किन रिस्क लिनुभयो त ?

पैसा मात्रै ठूलो कुरा रहेनछ । त्यहि हो, मेरो पहिले देखिको सपना नै विदेश गएर थोरै पैसा कमाउ र त्यहि पैसाले नेपालमा नै केहि गरौं भन्ने थियो । म अझै कोरिया फर्किएर काम गरेर पैसा कमाउन पनि सक्थें तर मलाई आफ्नै देशको र घरपरिवारको मायाले डो्याएर ल्यायो ।

यस व्यवसायको लागि लगानि कति गर्नुभयो ?

लगानिको कुरा गर्नुपर्दा हालसम्म करिव ४५ लाख भन्दा वढि भैसकेको छ ।

पूर्ण रुपमा लेदरको व्यवसाय तर्फ कसरी आकर्षित हुनुभयो ?

पहिले मामाको छोराहरुले भारतमा वसेर यो काम गर्नुहुन्थ्यो र पछि काठमाण्डौंमा पनि गर्न थाल्नुभयो । त्यसपछि सवैकुरा वुझेर नै यो व्यवसायलाई पोखरामा पनि भित्राउने आंट गरेको हुँ ।

यो व्यवसाय गर्न थाल्नुभएको कति समय भयो ?

एक वर्ष पूरा भैसकेको छ । गजवको कुरा के छ भने पर्णरुपमा यो लेदरको व्यवसाय भारतियहरुले गरेका छन् नेपालीहरु यस व्यवसायमा खास्सै लागेको पाइदैन, पोखरामा त झन नौलौ नै भयो ।

हजुरकोमा विक्रीका लागि के के सामान उपलब्ध रहेको छ ?

हाल जुत्ता र चप्पल वाहेक लेदरका सम्पूर्ण भेराइटिहरु जस्तै ज्याकेटका सम्पूर्ण प्रकारहरु, ब्याग, बेल्ट, पञ्जा लगायत धेरै भेराइटिहरु रहेका छन् ।

अन्य व्यापारीहरुले पनि लेदरका आइटमहरु भनेर विक्री वितरण गरिरहेका छन् , अन्त र हजुरकोमा के फरक छ ?

अन्य केहि व्यापारीहरुले एकादुई ओरिजिनल लेदर वेच्नुभएको त होला तर कतिपय ठांउमा ओरिजिनल लेदर भनेर सेन्थेटिक तथा रेक्जिनका आइटमहरु पनि विक्री वितरण गर्छन भन्ने सुनिन्छ तर हाम्रो मा ग्राहकहरुले स्वयम आफैले यो ओरिजिनल लेदर हो कि होइन भनेर विभिन्न तरिकाहरु मार्फत चेकजाच गरेर लिने व्यवस्था गरेका छौं ।

अन्य ठांउमा भन्दा हजुरकोमा सस्तो/महङ्गो के छ ? ग्राहकहरुलाई कसरी आकर्षित गरिरहनु भएको छ ?

हाम्रोमा अन्य ठांउमा भन्दा सुपथ नै छ । ओरिजिनल लेदर भएका कारण कति लाई महङ्गो पनि लाग्न सक्छ तर ग्राहकलाई हामी निराश वनाउने छैनौं र ओरिजिनल लेदर खोज्न हजुरहरुलाई काठमाण्डौं लगायत अन्त कतै भौतारिनु पर्दैन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

त्यहि नै हो, नेपालमा यो व्यवसाय धेरैजसो भारतियहरुले मात्र गर्नुभएको थियो भने हामी नेपाली पोखरामा नै पहिलो पटक ग्राहकवर्गलाई सेवा दिन तत्पर छौं । हामी नेपाली कम्पनि दर्ता गरेर, कर तिरेर पारदर्शी रुपमा लागि परेका छौं । ओरिजिनल लेदरका हरेक आइटमहरु खोज्नुभएको छ भने अन्त कतै नभौतारिकन हामीकहाँ आउनुहोस् हजुरहरुलाई खुशि वनाएर फर्काउनेछौं, धन्यवाद् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्