मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
  • प्रमुख खबर

मिर्गौला पीडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको थियो । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दै राम संकलन गरेका थिए । उहि संकलित रकम १ लाख ७ हजार ३ सय ७२ रुपैया पोखरा १६ का वडाध्यक्ष जीवन प्र. आचार्य, अभियन्ता देवकोटा, युवा नेता मदन वस्नेत, अन्नपुर्ण वाल आश्रमका शारदा वस्नेतले पिडितलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अग्रज पत्रकार राजबहादुर गुरुङले आत्मविश्वासलाई दरीलो बनाउन सके रोगलाई सहजै जित्न सकिने बताए । सामाजिक अभियन्ता देवकोटाले यसअघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्