पृथ्वी जयन्तीकाे अबसरमा डाडाँथाेक टाेल बिकाश संस्था द्वारा सामाग्री बितरण
  • प्रमुख खबर

पृथ्वी जयन्तीकाे अबसरमा डाडाँथाेक टाेल बिकाश संस्थाले सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । डाडाँथाेक टाेल बिकाश संस्थाका अध्यक्ष सृजना थापाको अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा १६ मा रहेकाे चण्डीका आधारभुत बिध्यालयमा अध्यनरत ९३ जना बिध्यार्थीहरुलाई ९३ थान टाई, १०० थान बेल्ट, २ थान शाैचालय बाेड बितरण गतेको छ । त्यस्तै डाडाँथाेक टाेल बासी श्री धन कुमारी थापा भण्डारीले आफ्नाे छाेरी श्री धारणा सिंह भण्डारीकाे दाेस्राे जन्मदिनकाे अवसरमा २४ दर्जन कापि, १०० थान कलम र १०० थान ईलेजर बितरण गर्नु भएको संस्थाका सचिब सन्दीप थापाले जानकारी गराउनु भयो । थापाले समाजमा रूपान्तरण ल्याउनका लागी यही रहेका संस्थाले पहिला आफ्नो ठाउँको बिकास र समाज सेवा गर्न सके मात्र  हामी अगाडि बढ्न सकिने साथै अन्य संस्था पनि अग्रसर रहनु पर्नेमा आवाहान गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा डाडाथाेक टाेल बिकाश संस्थाका निवर्तमान अध्यक्ष एवं चण्डीका अाधारभुत बिध्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्री हाेम बहादुर थापा, बिध्यालयका प्र. अ श्री सृजना सिग्देल, श्री महिला जागरण आमा समुह, डाडाँथाेकका पुर्व अध्यक्ष श्री उषा थापा, डाडाँथाेक टाेल बिकाश संस्थाका सल्लाहकार नेत्र बहादुर खड्का लगाएतको उपस्थित रहेको थियो । संस्थाका सचिब सन्दीप थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्