- साहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको २० औ संस्करण यहि माघ ६ गते देखि १५ गते सम्म संचालक हुने भयको छ ।
खेलकुदको विकासमा सहकार्य गरौ पोखरालाइ खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ भन्ने उद्देश्य्का साथ मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्ड कपको खेल संचालन तालिका मङ्गलवार पोखरामा पत्रकार सम्मेलन गर्दै सहारा क्लबले सार्वजनिक गरेको छ ।
प्रतियोगितामा साहारा क्लब पोखरा, संकटा क्लब, बि.वाइ.एस.सि. मिन्नेसोटा यु.एस.ए., नेपाल एपिएफ, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, हिमायन शेर्पा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब गरि १० ओटा टिमको सहभागिता रहेको छ ।
पोखरालाई स्पोर्ट सिटिको रुपमा परिचित गराउदै पर्यटन प्रबर्द्धन गर्नुका साथै नव प्रतिभावान फुटबल खेलाडिहरुलाइ आफ्नो खेल कौशल प्रदर्शन गर्न उचित अवसर उपलब्ध गराउनु कलबको मुख्य उद्देश्य रहेको छ ।
प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सम्पुर्ण राजनैतिक दल, भातृ संगठन, संघ सस्था, व्यवसायी एवं खेककुद प्रेमी दर्शक महानुभावहरुवाट महत्त्वपूर्ण सहयोगको अपेक्षा र सद्भावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हडताल , चक्काजामको कार्यक्रम नराखिदिनु हुन संबंधित सबैमा साहारा क्लबले अनुरोध समेत गरेको छ ।
पोखरा रंगशालामा दिनको २ बजे देखि सुरु हुने प्रतियोगिता अवलोकन गर्न आउने सम्पुर्ण महानुभावहरुलाइ खोप कार्ड अनिवार्य गरिएको छ भने यस प्रतियोगितालाई Galaxy 4K टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।