देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना
  • प्रमुख खबर

गण्डकी प्रदेशमा आज हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै गण्डकीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसमेत हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार हाल प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति देशको पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

भोली शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्