जन्मदिनको अबसर पारेर बृक्षारोपण
  • प्रमुख खबर

सबैले बर्षमा जन्मदिन मनाउछन् तर प्रेस सेन्टर नेपाल महानगर कमिटिका अध्यक्ष तथा पत्रकार महासंघ कास्कीका सदस्य शिवराज बस्ताकोटीले आफ्नो जन्मदिन  सन्देश मुलक ढङ्गले मनाउनु भएको छ ।

सामाजिक रुपान्तरणका लागि उन्मुखयुक्त ढङ्गले ५८ अौ बर्ष पार गरी ५९ अौ बर्ष प्रवेस गरेको शुभ अवसरमा आफ्नो जन्मदिन पारेर विन्धवासिनी मन्दिरमा पुजा प्रार्थना साथै वेलपत्र बिरुवा रोपण,पत्रकार महासङ कास्की परिसरमा वेलपत्र, रुद्राक्ष, पारिजात, कपुर बृक्षारोपण, ट्राफिक प्रहरी कार्यालय कास्कीमा वृक्षारोपण तथा दुइ घण्टा पोखराको व्यस्त चोकमा ट्राफिक स्वयंसेवक भुमिका निर्वाह गरेर खुसीयालिको साथ जन्मदिन मनाउनु भयो। सोही अबसरमा उहाले  केही न केही गर्नै पर्ने अलि फरक गर्नु पर्ने मान्यताका साथआफुले यस्तो कार्य गरेको बताउनु भयो । साथै सबै समाजका लागि अघी बढ्ने हो भने हरेक ठाऊँको बिकास छिटै हुनेमा जोड दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्