पोखरा जेसिज बर्ष २०२२ को सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

“कि मानवताको सेवा जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल मन्त्र सहित पोखरा जेसिज बर्ष २०२२ ले सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।


पोखरा २४ कास्कीकोटमा घरायसी उपकरणको बिस्फोटनले आगोलागि भइ सो आगोलागिबाट घर तथा पसल पुर्णरुपमा क्षति हुन पुगेको स्थानीय श्री बिना थापा ज्युको घरमा पुगि रू पच्चिस हजार सहयोग हस्तान्तरण गरेको हो।

पोखरा जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि मिनराज खड्का ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथी का रूपमा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार जेसि गोबिन्द प्रसाद देवकोटा पोखरा जेसिज अध्यक्ष २०२० जेसिआई सिनेटर शिव प्रसाद सापकोटा सहित पोखरा जेसिजका करिब २० जना सदस्यहरुको उपस्तिथि रहेको थियो । पोखरा जेसिजका जन्मदिन पर्ने सदस्यज्युहरु र अन्य बाह्य ब्यक्तिहरु मार्फत रकम सङ्कलन गरि हस्तान्तरण गरिएको थियो।                                                                                                              पोखरा जेसिजले ब्यक्तिगत सङ्सङै सामुदायिक क्षेत्रमा पनि हरेक बर्ष रचनात्मक काम गरि जेसिज आस्था अनुरुपको कार्य गर्दै आएको छ । सामुदायिक बिकास क्षेत्रका उपाध्यक्ष जेसि सुदिप सापकोटा ज्युले स्वागत तथा संयोजन गर्नुभएको कार्यक्रमको संचालन महासचिव जेसि प्रकाश घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्