महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सव बिहीबार पोखरा पनि विशेष कार्यक्रम आयोजना गरि मनाइएको छ।
स्थापनाको तेस्रो बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो कम्पनिका देशभरका ६३ वटा शाखाले बार्षिकोत्सब मनाउने योजना तय भए बमोजिम पोखरामा पनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
सो अबशरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले स्थापनाको छोटो अबधिमा उल्लेखनीय सफलता हासिल गरेको जिकिर गर्दै छिट्टै अग्रणी बिमा कम्पनीको रुपमा स्थापित गर्न आफुहरु लागि परेको बताए ।
कम्पनीका पोखरा शाखा प्रमुख रामजी प्रसाद लम्सालले प्रत्येक घरमा कम्तिमा पनि एक बिमा अभियान अन्तर्गत आफुहरु आक्रामक बजार प्रबर्द्धनको योजना सहित अब टोल टोलमा युबा सङ्ग महालक्ष्मी लाइफ कार्यक्रम मार्फत पुग्न लागेको जानकारी दिदै गौरबमय कार्यमा तल्लिन रहेको बताए।
उनले बिमा साक्षारता कार्यक्रम मार्फत युबा हरुलाइ यो रास्ट्र निर्माणको महा अभियान अगाडि बढाउनु आफुहरुको ध्येय रहेको भन्दै सम्पुर्ण युबाहरुलाइ यो अभियानमा सरिक हुन आभ्हान समेत गरे ।
कार्यक्रममा विभिन्न महिनामा उत्कृष्ट कार्य गर्ने एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।