हिलसाइड इङ्लिस स्कूल मा शनिबार अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस को शुभ अबसरमा विद्यालय को २७ औ वार्षिकोत्सब तथा पुरुस्कार वितरण कार्यक्रम सुसम्पन्न भएको छ। बिधालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पिताम्बर अधिकारीको अध्यक्षतामा पोखरा -५ , मालेपाटन स्थित बिद्यालय प्राङ्गणमा कार्यक्रमम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथ्यता पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख तथा गण्डकी प्रदेश कै शैक्षिक ब्यक्तित्व डा• सरोज कोईरालाले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सञ्चालक नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो भने कक्षा ७ का विद्यार्थीहरुले सरस्वती वन्दना द्धारा स्वागत गरेका थिए । विद्यालयमा शैक्षिक सत्र २०७६|७७ को बार्षिक शैक्षिक पुरस्कार वितरण गरिएको थियो भने खेलकुद कार्यक्रम २०७८ को पुरस्कार वितरण झण्डै ४८५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो। बार्षिक खेलकुदमा निलो सदनले उत्कृष्ट मेडल हात पार्न सफल भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं ५ की कार्यबाहक अध्यक्ष श्री हरिमाया बिश्वकर्मा लगायत विद्यालयका निर्देशक श्री लिला प्रसाद पराजुली र बिभागीय प्रमुख श्री सन्तोष लामिछानेले शुभकामना मन्तव्य राख्नु भएको थियो।उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अनुशासन विभाग प्रमुख श्री मिन प्रसाद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रम समापन विद्यालयका प्राचार्य श्री बिष्णु हमाल सर गर्नुभएको थियो।
४ माघ २०८१, शुक्रबार