पोखरा १६ घुरकुनामा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक जीर्ण भवनमा वसेर अध्ययन अध्यापन गराउनु पर्ने वाध्यतावाट मुक्त भएका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाइ को आर्थिक तथा प्राविधिक सहयोग मा चार कोठे पक्की भवन निर्माण भएपछि विद्यालयका शिक्षक तथा विद्यार्थीले ढुक्क सँग अध्ययन अध्यापन गर्न पाएका छन् । प्राधिकरणको ८२ लाख १८ हजार रुपैयाँ को आर्थिक सहयोगमा नवनिर्मित भवन तथा शौचालय को गण्डकी प्रदेशका सासंद कृष्ण बहादुर थापाले उद्घघाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्न आधारभूत तह देखि नै शैक्षिक किर्याकलापलाई ससक्त बनाउनु पर्नेमा जोड दिनुभयो। सासंद थापाले तत्कालीन नेकपा सरकारले पुर्ननिर्माणको क्षेत्र मा कायापलट नै गरेको दाबी समेत गर्नुभयो । पोखरा १६ का वडाध्यक्ष जिवन प्रसाद आचार्य ले स्थानीय सरकार ले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो ।
