महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ।कम्पनीको पोखरा शाखाले ज्वालामुखी नगरपालिका वडा नं 5, धादिङका श्री दलबहादुर राना मगरको असामयिक निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतककी श्रीमति श्री गोमा राना मगरलाई बिमा दाबी वापतको रकम रू दश लाख पचत्हर हजार रूपैया हस्तान्तरण गरेको हो।
जीवन रहे आफै लाई ,नरहदा आश्रीत आफ्नो परिवारलाई भन्ने सोचका साथ रु ५,००,००० काे जीवन विमा गरि दुई किस्ता मात्र वुझाएका विमितकाे दुर्घटनाका कारण मृत्यु पश्चात् रु १०७५००० काे दावि भुक्तानि महालक्ष्मी लाईफ ईस्याेरेन्स लि का गण्डकी प्रदेश प्रमुख श्री अखिल धमला र सिनियर एजेन्सि म्यानेजर श्री दिपा रानाले मृतककी श्रमतीलाई हस्तान्तरण गर्नुभएको हो।
उक्त अबसरमा एजेन्सी म्यानेजर अमृत बयाली, ज्ञानेन्द्र कुमार थापा र चन्द्र कुमारी थापा मगरले विमाको महत्व वारे प्रकाश पार्नु भएको थियो भने क्षेत्रीय प्रबन्धक अखिल धमलाले पलपलमा बिमाको महत्व रहेकाले सम्पुर्णले जिबन बिमा गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।