तिर्थ के सी
पाेखरा महानगर भित्रका मुख्य वजार र व्यस्त बजारका फुटपाथ सफाई अभियान जारी छ । बुधवारदेखि शुरु अभियानकाे तेस्राे दिन न्युराेड, विपिचाेक, पालिखेचाेक चिप्लेढुङ्गा एरियामा सफाई गरिएकाे छ । पाेखरा महानगरपालिकाकाे नगरी प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीकाे संयुक्त आयाेजनामा आयाेजित सफाई अभियानमा व्यापारिक सामाग्री,निर्माण सामाग्री, अवस्थित पार्किङ, साईन वाेर्ड,फुटपाथका बर्कसपहरु हटाईनुका साथै फुटपाथ सफाई समेत गरिएकाे पाेखरा महानगरपालिका कार्यालयका नगर प्रहरी नायव निरिक्षक पुरुषाेत्तम थापाले जानकारी दिए ।
फुटपाथ सफाई अभियानले पैदल यात्रुलाई हिडडुल गर्न सहज हुनुका साथै वजार समेत व्यवस्थित र राम्राे देखिने उनकाे भनाई छ । थापाका अनुसार याे अभियान अझै दुई/तीन दिन जारी रहन्छ । जसमा नयाँबजार, नागढुङ्गा, पृथ्वीचाेक,वगर एरियाकाे फुटपाथ सफा गरिनेछ ।
यसअघि सफाईकाे पहिलाे दिन बुधवार वैदामबाट शुरु भयर,हल्ननचाेक, खहरे,जरेवर र दाेस्राे दिन विहिवार जिराे सिर्जनाचाेक हुँदै सभागृहसम्म सफाई गरिएकाे थियाे । फुटपाथ सफाई अभियानमा नगरपालिकाका नगर प्रहरी १७ जना, ट्राफिक प्रहरीबाट सईकाे कमाण्डमा ३ जना र नेपाल प्रहरीबाट ६ जना दैनिक रुपमा जुटेका छन् ।