पोखरा महानगरपालिकाभित्र एकैदिन ४५ वटा छाडाचौपाया नियन्त्रणमा लिएको छ । महानगरको नगर प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीद्धारा संयुक्त रुपमा छाडाचौपाया नियन्त्रणमा लिएको हो । सो छाडाचौपाया नियन्त्रण कार्यमा महानगरको तर्फबाट २७ जना नगर प्रहरी, १० जना नेपाल प्रहरी र ५ जना ट्राफिक प्रहरीको सकृय सहभागिता रहेको थियो ।
आईतबार पोखराको जिरोदेखि सृजनाचोक हुँदै सभागृहचोक,न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक र बगर एरियाबाट छाडा चौपायाहरुलाई नियन्त्रणमा लिई काञ्जीहाउसमा लगिएको छ । सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा मात्र समस्या नभइ सडक दुर्घटनाका घटना समेत हुनसक्ने उच्च जोखिम रहेकाले नियन्त्रणमा लिएको महानगरपालिका कार्यालयका नगर प्रहरी नायव निरिक्षक पुरुषोत्तम थापाले जानरकारी दिएका छन् । उनका अनुसार आज सोमबार छोरेपाटन र चाउथे आसपासमा रहेका चौपायालाई नियन्त्रणमा लिईने बताएका छन् । छाडाचौपायका कारण सडक दुर्घटनाको सम्भावना बढ्ने भएकाले पनि आफ्ना चौपायहरुलाई बाटोमा खुलेआम रुपमा नछोडिदिनुहुन महानगरबासीमा थापाले अनुरोध समेत गरेका छन् । तस्बिर – तिर्थ के सी