पोखरा जेसिजले सोमबार ४८ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन पोखरा जेसिजका पूर्व अध्यक्ष विकल शेरचनले बिरुवा मा पानी हालेर गरेका थिए । उनले जेसिज सामाजिक संस्थामध्ये ब्याक्तित्व र नेतृत्व बिकास मा सहयोगी एकमात्र अग्रणी संस्था भएको बताए ।
जेसिज सदस्यहरुबीच शुभकामना आदानप्रदान भएको कार्यक्रममा पूर्व अध्यक्ष राजु केसी,निरन्जन श्रेष्ठ सुबास सिग्देल, किरण केसी, पोखरा जेसिजका पूर्व अध्यक्ष तथा २०२२ का नेसनल जिएलसी गोविन्द देवकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा पोखरा जेसिज वर्ष २२ का अध्यक्ष मीनराज खड्काले जेसिजलाई सहयोग गर्ने तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन जेसिज महासचिव प्रकाश घिमिरेले गरेका थिए भने कार्यक्रम संयोजन मीनाकुमारी थापाले गरेकी थिइन् ।