” सद्भाब र सहकार्यका लागी एकता” दिप युनाइटेड क्लबले भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदान-प्रदान कार्यक्रम आफ्नै क्लब भवनमा सम्पन्न गरेको छ। क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी क्लबका संस्थापक एवं समाजसेवी इन्द्र गौचन रहनु भएको थियो । उँहाले यस क्लब २०३५ सालमा स्थापना भएको र आज यहाँ सम्म आउदा विभिन्न आरोह अबरोह पार गरदै सामाजिक काम लगाएत विभिन्न खेलहरूमा सफलता हासिल गर्दै आएकोमा खुसी ब्यक्त गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष बिष्णु गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो । क्लबका सल्लाहकार लगायत समाजका विशेष व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिती रहेको थियो । क्याालेण्डर प्रकाशन समितिका संयोजक योगेन्द्रराज भण्डारी रहनु भएको थियो । उँहाले बिज्ञापन दाता लगाएत क्लबका हरेक गतिविधिमा सधै अग्रसर रहनेहरू प्रति आभार प्रकट गर्नु भयो । कार्यक्रम संचालन क्लबका सचिव भिम प्रसाद आचार्यले गर्नु भएको थियो ।