स्थानीय निर्वाचनमा बिजयी गराउन भलाम मौजा बासीलाई अध्यक्ष पदका उमेदवार गंगा बहादुर के .सी को आवाहान्
  • प्रमुख खबर

साबिक भलाम गाबिसमा निरंकुश पन्चायाती ब्यबस्थाको विरुद्ध दिन रात प्रबाह नगरिकन अनबरत रुपमा खटिनु हुने नेपाल कम्युनिस्ट पाटिका क्रान्तिकारी  लगायतका समाजसेवी, बिकास प्रेमि नेता कमरेडहरुको योगदान प्राप्त स्मर्णिय छ। तत्कालीन समयमा यस क्षेत्रका अग्रज कमरेडहरुको बिचार र पार्टी सिद्धान्तलाई शिरोधार्य गर्दै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भुमिका निभाउनु हुने क . गँगा बहादुर केसिको योगदान कदर योग्य छ।

केसिले आफ्नो पारिवारिक, आर्थिक अबस्थालाई पनि प्रबाह नगरी सरकारी जागीर छोडेर यस पार्टीलाई अनेक बाधा अड्चन उतारचढाव बाट आजका दिन सम्म एउटा जनमुखी सशक्त पार्टीको रुपमा कायम राख्ने भुमिका खेलेको  जनजनमा सर्बबिदितै रहेको बताउनु हुन्छ ।
पार्टीको भुमिगत काल तथाकथित जनयुद्ध र लोकतन्त्र प्राप्ति लागि ६२/६३ को जनअन्दोलनको असहज एबम चुनौतीपूर्ण समयमा पनि पार्टीलाई जुझारु राख्न निमित्त निडर र निर्भीक लाग्नुहुने के सी समग्र यस क्षेत्रको सामाजिक एबम राजनैतिक ब्याक्तित्वको  रुपमा परिचित नाम हो ।

२०३६ देखि नेकपा मालेबाट के सी को राजनीतिक सुरू भई २०४७ मा नेकपा एमालेको पाटी सदस्यता, ६ कार्यकाल सम्म साबिक भलाम गाबिसको पाटी प्रमुख, एमाले बाटै २ कार्यकाल इलाका सचिव, क्षेत्रीय सदस्य हुदै निबर्तमान कास्की जिल्ला कमिटीको सदस्य रहनु भएको छ। आज सम्म निरन्तर रूपमा पाटीमा लागी आन्तरिक पार्टी सङठनलाइ समयानुकूल मजबुत बनाउन पार्टीको विभिन्न तहमा रही अथक प्रयासरत रहने एक योद्धा भन्नुमा दुई मत नहेको र गएको स्थानीय, प्रदेश ,सघिय निर्वाचनमा आफुले गरेको त्याग र सहयोगको उचित मुल्यांकन  गर्ने सहि समय आएको हुदा हाम्रो पार्टीको सुखी नेपाली समृद्ध नेपालको मुल नारालाइ यस क्षेत्रमा अघि  बढाउन वडा २०भलाम मौजा बासीलाई नेकपा एमालेबाट वडा अध्यक्षमा गंगा बहादुर के.सी. ,खुल्ला सदस्यमा उत्तम गुरुङ ,खुल्ला सदस्यमा गन्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मीना पौडेल र दलित महिला सदस्यमा रुपा नेपालीलाई बिजयी गराउन आवाहान् गर्नु हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्