हेमजा स्वास्थ्य चौकीको आयोजन,स्वास्थ्थ महाशाखाको समन्वय तथा कोशिश संस्थाको सहयोगमा वुधवार एक दिने मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण तलिम सम्पन्न भएको छ । सोहि अवसरमा वडा स्तरिय आत्महत्या रोकथाम सहयोग समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा आत्महत्याको जोखिम न्यूनिकरणका उपायहरु,आत्महत्या सम्बन्धी भ्रम र तथ्यहरु,मानसिक स्वास्थ्य समस्याका कारण तथा असरहरु साथै आत्महत्या रोकथामका पाँच चरणहरु लगाएतका विषयहरमा रहेर कोशिश संस्थाका अभियान मनोविमर्शकर्ता अधिकृत बसन्ती खत्रीले कार्यक्रमको सहजिकरण गर्नु भएको यियो ।
कार्यक्रममा पोखरा–२५,हेमजा भित्र रहेका विभिन्न बिध्यालयका शिक्षक ,टोल बिकास समितिका जिम्मेवारी ब्यक्तित्वहरु, अस्थाई प्रहरी विट हेमजा,सामुदायिक प्रहरी सेवा हेमजा ,जनप्रतिनिधी, राजनितिकर्मी, संचारकर्मी , आमा समुह, यूवा क्लब एवं विभिन्न संधसंस्थाका संस्था प्रतिनिधिहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका विच स्वास्थ्य चौकी हेमजाका प्रमुख कुस्मराज सुबेदीको संयोजक्त्तवमा ९ सदस्य वडा स्तरिय आत्महत्या रोकथाम सहयोग समिति गठन गिरिएको छ ।
सदस्यमा विष्णुपादुका मा।वि का प्र।अ दिपक राज पौडेल, रेडियो हेमजा ८८ं।५ मेगाहर्जका प्रमुख निराजन अधिकारी ,टोलविकास संस्थाको प्रतिनिधित्व गर्दै आरती अधिकारी,अपाङ्गता संस्थाको प्रतिनिधित्व गर्दै झलक राना ,सुरक्षा निकायको तर्फबाट हेमजा प्रहरी अस्थाई बिटका प्रेम बहादुुर यापा, यूवा क्लब एवं राजनितिकर्मीको तर्फ बाट कृष्णमान श्रेष्ठ र विभिन्न संधसंस्थाको प्रतिनिधित्व गर्दै लक्ष्मी गौतम रहनु भएको छ । कार्यक्रम हेमजा स्वास्थ्य चौकीको सभा हलमा भएको यियो । उक्त कार्यक्रमको यूएसए आईडीका जिम्मेवार ब्यक्तिहरुले अवोलकन गरेका थिए ।