फुलबारी मन्टेश्वरी कटेजको १५ औं दिक्षान्त समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न
  • प्रमुख खबर

फुलबारी मन्टेश्वरी कटेजको १५ औं दिक्षान्त समारोह कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ । कटेजका निर्देशक जीवन कुमार शेरचनको अध्यक्षतामा कटेजको प्राङ्गगणमा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त दिक्षान्त समारोह कार्यक्रममा केटजका कक्षा तीन उत्तीर्ण हुन सफल ३२ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले स–साना बाबुनानीहरुलाई अध्यापन गराउँन यस फुलबारी मन्टेश्वरी कटेज पोखराको एक उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा आफुले पाएको बताएका छन् । उनले कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेका प्रस्तुतीहरु उत्कृष्ट हुनुका साथै प्रशंसनीय भएको पनि जनाएका छन् । विद्यार्थीहरुको सो प्रस्तुती हेरिसके पश्चात आफुले एफ.एम.सी.का दिक्षित भएका र कटेजमा हाल अध्ययन गर्दै गरेका विद्यार्थीहरु उत्कृष्ट र एक्सट्रा पाएको बताएका छन् । एफ.एम.सी.ले विद्यार्थीहरुलाई जुन ढङ्गबाट पारिवारिक र शैक्षिक वातावरणमा अध्यापन गराउँदै आएको छ त्यो एक्दमै उदाहरणीय कार्य भएको उनले जानकारी दिएका छन् ।
प्रमुख अतिथि मानन्धरले एफ.एम.सी.ले कन्या क्याम्पससंग सहकार्य गरेर धेरै राम्रा कामहरु सम्पन्न गरेको बताउँदै आगामी दिनहरुमा समेत सो सहकार्यको अपेक्षा गरेको पनि जनाएका छन् ।
उनले कार्यक्रममा विद्यार्थीहरुलाई मन्टेश्वरीमा पारिवारिक वातावरणमा अध्यापन गराएको हुने र त्यसपछि यहाँबाट बाहिर गएर अध्ययन गर्दा अलि फरक खालको वातावरण हुने हुदाँ साना विद्यार्थीहरुलाई त्यस वातावरणसंग सामना गर्न एफ.एम.सी.ले त्यही अनुसार पूर्ण रुपमा तयारी गरेकोमा आफु विश्वस्त रहेको पनि जनाएको छ ।
यस्तै कार्यक्रममा कटेजका प्राध्यापक अरुणा शेरचनले विद्यार्थीहरुलाई परिवार र शिक्षकहरुले राम्रो वातावरणमा शिक्षा दिनसके उनीहरुले धेरै कुरा सिक्न सक्ने बताएकी छन् ।
उनले कोभिड–१९ ले लामो समय विद्यालयहरु बन्द हुदाँ विद्यार्थीहरु भौतिक रुपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न असर्मथ भएको समयमा त्यसले विद्यार्थीहरुको अध्ययनमा धेरै समस्या उत्पन्न भएको स्मरण गर्दै हाल कोरोनाको कहर कम भएसंगै भौतिक रुपमा विद्यालयहरु संचालन भईरहेको र स–साना बाबुनानीहरुको लागि भौतिक अध्यापन अन्यन्त उपयुक्त र नतिजा मुखि भएको जनाएकी छन् ।
उनले सो दिक्षान्त समारोह कार्यक्रमा दिक्षित भएका विद्यार्थीहरुलाई आगामी शैक्षिक सफलता र उज्जवल भविष्यको लागि शुभकामना दिँदै एफ.एम.सी.लाई विश्वास गरेर आफ्ना बाबु–नानीहरुलाई अध्यापनको लागि अभिभावकहरुले आफुहरुको हातमा सुम्पीएकोमा उपस्थित सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद समेत दिएकी छन् । यस्तै सो कार्यक्रममा कक्षा तीनमा उच्च जिपिए ल्याउन सफल दिक्षित विद्यार्थीहरु आर्यामिक श्रेष्ठ र त्रिसा शाक्यलाई सम्मान समेत गरिएको छ भने कार्यक्रम संचालन कटेजका शिक्षिका अनिता सुनारले गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्