शुक्ला साहित्य प्रतिष्ठान द्वारा विभिन्न व्यक्तित्वहरु सम्मानित
  • प्रमुख खबर

शुक्ला साहित्य प्रतिष्ठान द्वारा विभिन्न बिधामा विभिन्न व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हरि बहादुर बरुवालले स्वागत मन्तब्य दिनुभएको थियो ।                                                 

सम्मानित हुनेहरूमा मदन चन्द्रा साहित्य पुरस्कारबाट  वरिष्ठ गायिका श्रीमती ज्ञानु राणालाई पँचिस हजार पाँच सय पचपन्न रुपैयाँ, खादा र दोसलाले सम्मान गरिएको थियो । यसै गरी चेकबहादुर बरुवाल स्मृति पुरस्कारबाट साहित्यकार श्री राम प्रसाद पौडेललाई पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँ खादा र दोसलाले सम्मान गरिएको छ। भने शुक्ला बाल साहित्य पुरस्कारबाट डा.गेहेन्द्रमान उदास पोखरेलिलाई एघार हजार पाँचसय पचपन्न रुपैयाँ खादा र दोसलाले सम्मान गरिएको छ। स्रष्टा परिचय क्रमश कुल बहादुर खत्री,दुर्गा बस्नेत र हरी बहादुर बरूवालले दिनु भएको थियो ।  सम्मानित व्यक्तिहरूलाई शुक्ला साहित्य प्रतिष्ठानको भजन समुहले भजन गायर  स्वागत गरेको थियो  ।       

कार्यक्रममा वरिष्ठ गायिका श्रीमती ज्ञानु राणाले आफ्नो ठाउँमा आएर शुक्लाको सम्मान पाएको मा हर्सित हुँदै आफु यहाँ सम्म आउनुमा बुवा जनक कवि केशरी धर्मराज थापाको ठूलो देन रहेको भन्दै स्मरण गर्नु भएको थियो । साथै उँहाले कालीपारे दाइ तिम्रो , सिरिमा सिरि बतास चलियो लगाएतका गित गुनगुनाउनु भयो ।                                                 

यसै गरी गेहेन्द्रमान उदास पोख्रेलले सधै बालअधिकार र भ्रष्टाचार विरुद्धका कुराहरूलाई समेटेर साहित्यलाई अघि बढाएको बताउनु भयो । उँहाले म पनि घरको बलेनी , होसियार , यो कस्तो मान्छे जस्ता आफ्ना कबिताहरू बाचन गर्नु भयो । साथै राम प्रसाद पौडेलले आफ्नो देशबाट बाहिर रहेर मिजोरममा बसेको हुदा भारतीय लवज आएको र मिजोरममा कुनै किसिमको जात नभई त्यहाँ एउटा जात छ त्यो नेपाली हो भन्नुभएको थियो । उनीहरु आफ्नो कर्ममा रमाउँछन् । त्यहीँ बसेर आफुले पत्रकारीता बिधा र साहित्य बिधालाई  अगाल्दै आएको बताउनु भयो । कार्यक्रम संचालन सुक्ला साहित्य प्रतिष्ठानका सचिव गीता भण्डारीले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्