वडा नम्वर २६ मा एमालेका नेताकाे स्वतन्त्र उम्मेदवारी, किन दिए वागी उम्मेदवारी
  • प्रमुख खबर

आसन्न स्थानिय तह निर्वाचनका लागि पाेखरा २६ मा नेकपा एमालेकाे तर्फबाट रामकृष्ण जि सी. ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले आज मनाेनयन दर्ता गराएका हुन् ।

उम्मेदवार मनाेनयन पछि कुरा गर्दै उनले भने-“२०७४ काे स्थानिय निर्वाचनमा पाेखरा महानगरपालिका वडा नम्वर २६ मा पार्टीलाई अत्यधिक बहुमतले विजयी गराउनकाे लागि वडा सदस्य पदमा रहि सवैभन्दा धेरै मत ल्याउन सफल भएकाे थिएँ । त्यसपछि जनप्रतिनिधिकाे रुपमा रहदा विभिन्न संस्था टाेल विकास, विद्यालय, आमा समूह, खेलकुद क्षेत्र, विद्वाश्रममा दिवा खाजा सेवाकाे व्यवस्थापन, मठमन्दिर निर्माण, विपनन्न परिवारलाई सहयाेग गर्दै आए र आगामी दिनमा बाँकी रहेका काम पूरा गर्न र वडावासीकाे जनचाहाना बुझेर स्वतन्त्र उम्मेद्वार दिएकाे हुँ ।”                                                           

यसअघि उनी अर्घाै गाविसकाे वडा नम्वर ९ मा २०४९ मा एमालेबाट एक मात्र विजयी उम्मेदवार हुन भने त्यसपछि २०५४ मा लेखनाथ नगरपालिका भएपछि एमालेबाट वडा नम्वर ३ का वडाध्यक्ष पदमा प्रतिपक्षी पार्टीमा उम्मेदवार भन्दा दाेव्वर मतले विजयी भएका थिए । राजनीतिक यात्रा बाहेक उनी २०५४ सालदेखि लक्ष्मी मावि पाेखरा २६ विद्यालय व्वस्थापनकाे सदस्य र २०५६ देखि हालसम्म विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा रहेर काम गरेका छन् ।         

उनले एकचाेटी वडाध्यक्षमा साथ सपाेटकाे आशा गरेकाे र अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने पुर्ण विश्वास लिएकाे बताए । उनले हिजाे आज र भाेलि वडावासीकाे विश्वासका साथ अगाडी बढ्ने अठाेट गरे । जि.सी ले वडावासीको चाहाना अनुसार नै स्वतन्त्रमा उम्मेदवारीको दिएको र फेरि पनि सेवा गर्ने मौका दिनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ अगाडि बढेको बताए । स्मरण रहाेस नेकपा एमालेकाे तर्फबाट पार्टीले टिकट नदिए पछि उनले बागी उम्मेवारी दर्ता गराएका बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्