पोखरा । आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ । यतिबेला विभिन्न राजनीतिक दलहरुका उमेद्वारहरुले तिव्र रुपमा आ–आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रमहरुलाई अगाडी बढाईरहेको छ। यसै सन्र्दभमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), पोखरा महानगरपालिका वडा नं. १८ बाट वडा अध्यक्षका उम्मेदवार पुष्कल बहादुर थापासंग यस प्रमुख मिडियाका वरिष्ठ सम्पादक सन्तोष पराजुलीले गरेको कुराकानीको अंशः
✍️ तपाईले आफुले आफैलाई राजनीतिक र सामाजिक पृष्ठभुमि अन्र्तगतचिनाउनुपर्दा या परिचयदिनुपर्दा कसरी दिनुहुन्छ ?
म पुष्कल बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी एमाले, पोखरा महानगरपालिका वडा नं. १८ बाट वडा अध्यक्षको उम्मेदवार । म यहाँको विभिन्न सामाजिक क्षेत्रमा लामो समयसम्म आवद्ध भएर काम गर्दै आईरहेको छु । फोवाताल, पंधेली, सराङ्गकोट बाटोको पूर्व अध्यक्ष, शिशुशियार तोरीपानीको पूर्व अध्यक्ष, सराङ्गकोट समाज सेवा युवा क्लबको पूर्व अध्यक्ष, हाल बुढी मुलखानेपानी लिप्टीङक तथा सरसफाई उपभोक्ताको अध्यक्ष, पूर्व गार्मेट असोसियशन अफ पोखराको अध्यक्ष र हाल नेकपा नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी सराङ्गकोटका पार्टी अध्यक्ष ।
✍️ सामाजिक संस्थाहरुमा रहेर समाजको लागि केही न केही टेवा पु्याउने कार्य गर्नुभएको छ ?यहाँले के कस्ता गर्नुभएको छ छोट्करीमा भन्न मिल्छ ?
हजुर मैले आफुले आफ्नो क्षमताले गर्न सक्ने कार्य विगतका दिनहरुमा गरेको र हाल पनि गरिनै रहेको छु ।सबैभन्दा पहिला त मेरो सामाजिक कार्य युवा क्लबबाट शुरु भएको थियो । त्यतीबेला युवाहरुलाई जुझारुक बनाउनको निमित्त युवाहरुलाई आत्मानिर्भर, सरोजगार साथ–साथै उहाँको नेतृत्व विकासको निम्ति केही गनुपर्छ भनेर त्यो धरातलबाट म सामाजिक सेवामा प्रवेश गरेको थिए । यस्तै समृद्ध समाज बनाउनको निम्ति मैले विभिन्न उपभोक्ता समितिहरुसंग बसेर हाम्रो भुगोलमा त्यसबेला सडकको पहुँच थिएन । त्यसैले सडकबाट विकासको काम शुरु गरेसंगसंगै खानेपानीको समेत अत्यन्त अभाव थियो यहाँ, खानेपानीको नेतृत्व गर्ने अवसर प्राप्त भयो र म पार्टीमा लामो समय आवद्ध भएको हुनाले अहिले मलाई पार्टीले समेत एउटा ठुलो जिम्मेवारी दिएको छ ।
✍️ तपाईले यस वडामा विगतदेखि नै विभिन्न सामाजिक कामहरु गर्दै आईरहनुभएको रहेछ वडाबासीले यो व्यक्तिले विकास गर्छ भन्ने हिसाबले तपाईले गर्नुभएका सामाजिक कामहरुको प्रश्न गरेको हुँ ?
हजुर हो, पक्कै पनि हामीले गरेको कामपनि त वडाबासीले देख्नुप्यो महशुस गर्नुप्यो नि हैन र उहाँले मैले गरेका विकासका कामहरु देख्नुभएको छ अनि महशुस पनि गर्नुभएको छ । यस कुरामा म एक्दम विश्वस्त छु । यहाँलाई धन्यवाद भन्न चाहान्छु समाजको लागि केही न केही टेवा पु्याउने के–कस्ता कार्यहरु मैले यस वडामा गरेको छु भनेर प्रश्न गर्नुभएकोमा ।
✍️ अब अहिले जता गएपनि चुनावी माहोल नै छ, तपाईले तपाईको वडामा आफ्नो चुनावी प्रचारप्रसार के–कसरी गरिरहनुभएको छ र मनमा के–कस्ता कुराहरु खेलिरहेका छन् बताईदिनुस्न ?
हिजोबाट मात्र हामीले हाम्रो घरदैलो कार्यक्रमको शुरुवात गरेका छौं । हिजोको घरदैलोमा अत्यन्त धेरै उत्साहजनक रुपमा आमआदरणिय सराङ्गकोटबासी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । लगभग ५ सय जनाको हाराहारीमा उहाँहरु घरदैलो कार्यक्रममा उपस्थित थियो । अहिले भर्खर मात्र पनि हामी घरदैलो कार्यत्रममा नै गएर आएका हौं र यहाँले पनि देख्नुभयो होला कि यस चुनावी प्रचारप्रसारमा वडाबासीहरुको उपस्थिति कस्तो छ भनेर ।
✍️ तपाईलाई एउटा प्रश्न सोध्न मन लाग्यो ?तपाईले उम्मेदवारी दिनुको कारण ?
म एउटा नेपाल कम्युनिष्ट पार्टी एमालेको सिपाही हुँ र मलाई विगतमा पार्टीले जे–जस्ता जिम्मेवारी दियो, त्यस जिम्मेवारीलाई आत्मसाथ गर्दै अगाडी बढी रहेको सन्र्दभमा आजको मितिमा नेपाल कम्युनिष्ट पार्टी एमालेले मलाई एउटा वडा अध्यक्षको रुपमा अगाडी बढायो र मेरो व्यक्तिगत चाहाना भन्दापनि पार्टीको चाहाना थियो र हाम्रो यस पार्टी नेकपा एमालेले समृद्ध सराङ्गकोट र सुखी सराङ्गकोटबासी जुन योजना बनाएको छ र प्रतिबद्धता गरिरहेको छ त्यसैको वरिपरि रहेर मलाई पार्टीले जहाँ खटायो मैले त्यही काम गर्ने हुनाले मेरो उम्मेदवारी पार्टीको तर्फबाट हो व्यक्तिगततर्फबाट रुपमा होइन ।
✍️ भनेपछि तपाईलाई आफ्नो सो इच्छा अर्थात व्यक्तिगततर्फबाट भन्दा पनि पार्टीले विश्वास ग्यो ?
हजुर हो र मैले अगाडि पनि जोडेको थिए म पार्टीको एउटा इमान्दार सिपाही भएको र सोही कारणले पनि मलाई मेरो पार्टीले दिएको निर्देशन र जिम्मेवारीलाई इमान्दारका साथ अनुशासित भएर पुरा गर्नुपर्छ भन्ने लाग्छ ।
✍️ यदि तपाई वडा अध्यक्ष हुनुभयो भने यहाँका वडाबासीहरुले के पाउँछन् र के दिनछु भन्ने जस्तो लाग्छ ?
छोट्करीमा भन्नुपर्दा म अलि ट्राभल गर्न मन पराउँछु । म सराङ्गकोटको धेरै भुगोल दार्जिलिङ र सिकिमसंग मिल्छ भनेर सोही स्थानहरुमा भिजिट गर्नपनि गएको छु र यहाँ आउने पर्यटकहरुले समेत यहाँका भूगोल दार्जिलिङ र सिकिम जस्तो छ, दार्जिलिङ र सिकिम जस्तो बनाउँन सकिन्छ सराङ्गकोटलाई भन्ने मैले सुनेको थिए । त्यस्तै दार्जिलिङ र सिकिमबाट आउनुहुने पर्यटकहरुले सराङ्गकोट जस्तै हाम्रो दार्जिलिङ र सिकिम बनाउन पाए भन्ने अवस्थामा म पु्याउन सक्छु भन्ने कुरामा विश्वस्त छु । यस कार्यमा नेकपा एमालेका सबै नेता कमरेडहरु, सयोद्धा कमरेडहरु, आदरणिय आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुको साथ सर्मथन प्राप्त हुनेछ र त्यो ठाउँमा सराङ्गकोटलाई पु्याउनु सकिन्छ साथै म आफुलाई पनि यसमा कुरामा पुरा विश्वास छ ।
✍️ तपाईलाई पार्टीले त विश्वास ग्र्यो अब तपाईले भनेका कुराहरुमा जनता अर्थात तपाईका वडाबासीहरुले कसरी विश्वास गर्ने त ?
म जनताबाट एक किसिमको भनौं न अलरेडी उहाँहरुले मेरो मुल्याङ्गकन गरिसक्नुभएको व्यक्ति हुँ । त्यो मुल्याङ्गकन गरेको कुरा हिजोको दिनमा घरदैलो कार्यक्रमले प्रष्ट पारेको छ र आज पनि। यस्तै विगतमा उहाँहरुले मलाई गरेका व्यवहारबाट पनि प्रष्ट हुन्छ । मलाई अझ धेरै जस्तो सराङ्गकोटबासीले सुल्टो गर्न नसकेता पनि उल्टो तरिकाबाट भएपनि १८ नम्बर वडालाई विकास र समृद्ध बनाउन म कहिले पछाडी नहटेको र असफल पनि नभएको भनिरहनुहुन्छ । फेवाताल पंधेली सराङ्गकोटको मोटरबाटो बनाउने सन्र्दभमा प्राय सडकहरु तलबाट माथि तिर उक्लन्थे मैले त्यहाँको जग्गाधनीहरु जो हुनुहुन्थयो, उहाँहरुले यहाँ सडक बनाउन सम्भव छैन तिमीले यो प्रयासै नगर भन्नुहुन्थ्यो । तर मैले उहाँहरुलाई के भने भन्दा म प्रयास गर्छु र यो सफल बनाउन सक्छु भनेर मैले माथिबाट बाटो खोल्दै गएर नाका खोलेको थिए । यसरी सराङ्गकोटमा पहिलो पटक बाटो खनिएको थियो । खानेपानीको सन्र्दभमा पनि बुढीमुल सबैभन्दा ठूलो योजना होला सायद कास्की जिल्लाको, डबल लिप्टीङ छ यो १७०० मिटर लम्बाइ छ अनि ५ सय २३ मिटर भटिकल छ । यो खानेपानी पनि सफल हुदैन भनेर धेरै मानिसहरुले आंकलन गर्नुभएको थियो तर मैले जुन खानेपानीको अध्यक्षको जिम्मेवारी पाईरहँदा मैले उहाँहरुसंग दुई वर्षको समय मागेको थिए र अहिले पनि यो रनिङ नै छ , यो खानेपानीको काम १३ महिनामा सम्भव भएको थियो । फेवाताल पंधेली सराङ्गकोट सडक पनि मैले उहाँहरुसंग तीन वर्ष मागेको थिए, जुन काम १८ महिनामा सम्भव भएको थियो । यी यावत कुराहरुबाट र यो शिशुशियार सराङ्गकोट तोरीपानी मोटर बाटो पनि पहिलो पटक सराङ्गकोट भरीमा कालोपत्रे गर्ने पहिलो उपभोक्ता समिति रहेको थियो । त्यतिबेला पनि यो सम्भव छैन उपभोक्ता समितिले भन्ने कुराहरु धेरै चलेका थिए । तसर्थ ती कुराहरुबाट जनताहरुले मलाई पूर्ण रुपमा विश्वास गर्नुहुनेछ ।
✍️ यहाँका वडाबासीहरुले विगतमा तपाईले गर्नुभएको कार्यबाट र्पूण रुपमा सन्तुष्टि भई यस निर्वाचनमा त्यस कार्यको मुल्याङ्गकन गर्दै यहाँले अत्याधिक मत प्राप्त गर्छु भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
हजुर, म यस कुरामा पूर्ण रुपमा विश्वस्त छु र यहाँका सम्पूर्ण वडाबासीहरुप्रति पनि ।
✍️ तपाईले भन्नुभयो कि म पूर्ण रुपमा विश्वस्त छु मलाई मेरो वडाबासीको पुरा साथ र सहयोग रहनेछ अनि त्यही अनुरुपमा मत प्राप्त पनि गर्नेछु, भनेपछि तपाईले अध्यक्षको उम्मेदवारी जित्नुभयो भने आफ्नो वडाबासीको मतलाई खेरा जानदिनुहुने छैन भन्ने प्रतिबद्धता पक्कै पनि गर्नुभएको छ होला ?
म आफ्नो बाँकी जीवन समाजको लागि सर्मपित गर्छु भनेर नेपाल कम्युनिष्ट पार्टी एमालेको सिपाही भएको अर्थले पनि उहाँहरुले जुन भरोसा म माथी गर्नुभएको छ त्यो भन्दा पनि अझ धेरै राम्रा विकासका कामहरु गरेर देखाउन सक्छु भन्नेमा विश्वस्त छु ।
✍️ म यस १८ नम्बर वडालाई यसरी विकास गर्छु भनेर केही एजेन्डाहरु तयार परी सक्नुभएको छ होला नि ?
हामीले एउटा प्रतिबद्धता–पत्र तयार पारेर घर–घरमा पु्याएका छौं र त्यो प्रतिबद्धता–पत्रमा सम्पूर्ण सराङ्गकोटका समग्र विकासका योजनाहरु, यहाँका सामाजिक संरचनाहरुका बारेमा, हो ती सम्पूर्ण कुराहरुलाई यहाँका बासीहरुको मन जितेर अत्याधिक मत प्राप्त गरी वडा अध्यक्षको रुपमा निर्वाचित भएपश्चात ती सबै कुराहरु समेटर अगाडी बढ्छु भन्ने छ ।
✍️ कसरी अगाडी बढ्छु भन्ने छ, छोट्करीम भनिदिनुस्न ?
सर्वप्रथम त हाम्रो पहिलो प्राथमिकता पब्लीक सर्भिसलाई हुन्छ । कार्यलयमा जादाँ पब्लीकले भोक्नु परेका झन्झट र अप्ठ्याराहरु, उहाँहरुले झेल्नुपर्ने असहजताहरुलाई समाधान गर्न पहिलो प्राथमिकता दिनुपर्छ । त्यसपछि हामी विकास र समृद्धतिर मुभ हुनुपर्छ । यस्तै हाम्रा कला अनि संस्कृतिहरुलाई जोगाउनुपर्छ किनकि संस्कृति जोगाउनसकियो भने सभ्य समाज निमार्ण हुन्छ । सम्भ समाज निमार्ण भईसकेपछि समृद्धी हासिल गर्न सहज हुन्छ भन्ने हाम्रो मुल्य र मान्यता छ ।
✍️ अहिले पब्लीक अर्थात यहाँका वडाबासीहरुले भोग्नु परेका समस्याहरु के–कस्ता छन् र के कारणले यहाँका जनताहरु पछाडी परिरहेका छन् भन्ने कुरातर्फ पनि त ध्यान केन्द्रि गर्नुभएको छ होला नि ?
सराङ्गकोट भनेको पर्यटकहरुको सम्भावना नै सम्भावना बोकेको ठाउँ हो । हामीले हाम्रो प्रतिबद्धता–पत्रमा हरेक विकासका योजनाहरु पर्यटनमैत्री बनाउने कुरा गरेका छौं । अब यहाँ पहिला खानेपानीको समस्या थियो, अहिले त्यो समस्या लगभग ८० प्रतिशत समाधान भईसकेका छन् । विगतमा पाँच वर्ष अगाडि स्थानीय निर्वाचन हुनुभन्दा अगाडिको समयमा यहाँ डेड देखि दुई घण्टा लगाएर एक गाग्री पानी लिन जानुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था लगभग अन्त्य भै सकेको अवस्था छ । तीन वटा मुल सडकहरु पनि कालो पत्रे भईसकेका छन् । अब हामी शाखा सडकहरुमा प्रवेश गर्दैछौ्र । हामीले अबको ५ वर्षको कार्यकालमा हरेक घरसम्म सहजै रुपमा सवारीसाधनहरु जान मिल्ने तवरले सडकहरु पु्याउने योजना बनाएका छौं र त्यो सफल हुन्छ भन्ने कुरामा पनि पुरा विश्वास छ । त्यस्तै मुल उद्देश्य भनेको यो वडाबाट वैदेशिक रोजगारीमा जाने युवाहरुलाई हाम्रै भुमिमा स्वरोजगार बनाउने वातावरण सृजना गर्ने हो । यस्तै उहाँहरुका पसिना र श्रमलाई आफ्नै ठाउँ, आफ्नै गाउँमा प्रयोग गर्ने किसिमको वातावरण सृजना गर्ने मुल उद्देश्य हो ।
✍️ अन्य उमेद्वारले भन्ने उद्देश्य पनि यही नै हो र यो यहाँलाई थाहा पनि छ , अरु उमेद्वारहरु भन्दा आफु चाहि म यो ढङ्गबाट फरक छु र म यो चाहि गरेर देखाउछु भन्नी अठोट् के छ ?
सर्वप्रथम त नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) विकासका सन्र्दभमा समृद्धि सम्भावनामा प्रमाणित भैसकेको छ राष्ट्रव्यापि रुपमा र हाम्रो यस पार्टिले उमेद्वारी छनोट गर्दा पनि त्यी कुराहरुलाई पनि अवश्य ध्यान दिएको छ । हाम्रो यस पाँच वटा टिममा तपाईलाई म यउटा उदाहरण दिन चाहान्छु । मैले आफुले गरेका विकास निर्माणका साथै नेतृत्व गरेका कुराहरु भनिसके जस्तै खुल्ला सदस्यका उमेद्वार रमेश थापा, उहाँ सेदि खानेपानीको अध्यक्ष हुनुहुन्छ । उहाँले त्यहाँ एक घर एक धाराको अवधारणा ल्याई सक्नुभएको छ । हाम्रा अर्का खुल्ला सदस्यका उमेद्वार नमराज सुवेदी हुनुहुन्छ, उहाँले पनि मेथलाङ डाडामा पनि एक घर एक धाराको अवधारणा ल्याएर त्यो कार्य सम्पन्न गरीसक्नुभएको छ । त्यस्तै हाम्रा अर्का महिला सदस्य हुनुहुन्छ, उहाँले सानो किसान महिला सहकारीमा रहेर लामो समय काम गर्नु भएको र अहिले महिला अधिकार मञ्च कास्की जिल्लाको अध्यक्ष हुनुहुन्छ । हाम्रो मिना कुमारी नेपाली पनि विगत लामो समय देखि पार्टीमा रहि सामाजिक कार्यमा आवद्ध हुनुहुन्छ । तर्सथ यो यस्तो टिम अन्य पार्टीहरुले मिलाउन सक्छ जस्तो मलाई लाग्दैन । यो हाम्रो सम्पुर्ण सराङ्गकोटबासीले बुझिसक्नुभएको छ । त्यसैले हामी यो अर्थमा अब्बल छौ कि हामीसंग धेरै अनुभव, इमान्दार, लगनशिल र इच्छाशक्ति छ र हामी छुट्टा–छुट्टै क्षेत्रबाट आएका छौ र हरेक विकास निर्माणका कुराहरुमा समाज परिवर्तनका निमित्त यो टिम देखेपछि सम्पूर्ण सराङ्गकोटबासीहरु ढुक्क हुनुभएको छ भन्ने मलाई लाग्छ र मैले अन्य पार्टीहरुकोबारेमा केही टिकाटिप्णी गर्न चाहिन ।
✍️ तपाईलाई अन्य देशहरु मध्यमा पनि हाम्रो देश नेपाल के कारणले पछि परेको जस्तो लाग्छ ?
हामीले हाम्रा स्रोतसाधनहरुलाई प्रयोग गर्न सकिरहेका छैनौं । अन्य देशहरुमा पनि अन्य ग्रहहरुबाट स्रोतसाधनहरु ल्याएर र मानिसहरु आएर देशको विकास गरेको होइन । हामीले हाम्रो स्थानीय स्रोतसाधनलाई प्रयोग गर्नसक्नुप्यो र हाम्रो जनशत्तिलाई हामीले सही तरिकाले परिचालन गर्न सकेको खण्डमा देश समृद्धको बाटोमा जान धेरै समय लाग्छ जस्तो लाग्दैन ।
✍️ तर यो त भएन नी ?
भईरहेको छ, जति हुनुुपर्ने त्यती भएको छैन तर भएको छ । नेकपा एमालेको सरकार भएको नेपाल र रहेको नेपाल, त्यो भन्दा अगाडीको नेपालमा कति फरक छ, त्यो हामीले सायद समग्र नेपालमा बुझाउन नसकेको होला । तर त्यो र यसमा धेरै अन्तर छ । सम्भव रहेछ नि त । अब फेरी पुन नेकपा एमालेलाई जनताहरुले सेवा गर्ने मौका प्रधान गर्नुभयो भने हाम्रा छिमेकी राष्ट्रको तुलनामा हामी त्यती कमजोर हुन्छ जस्तो लाग्दैन ।
✍️ यो पाँच वर्षमा नेकपा एमालेलाई जनताले देखे भोगे, कतिले सकारात्मक रुपमा लिए र कतिले नकारात्मक रुपमा पनि लिए । ती नकारात्मक रुपमा लिने जनताहरुको लागि हामीले केही गर्नुछ र गरेर देखाउछौं भन्ने तपाईको अठोट् छ ? ती जनताहरुलाई के कुुराले विश्वस्त गराउन चाहानुहुन्छ ?
हामी सामाजिक क्षेत्रमा काम गरिरहेका मानिस, हामीले के बुझेका छौं भने भगवान पनि सर्वमान्य हुनसक्दैन, सामाजिक कार्य गर्ने मानिस जो कोही पनि सर्वमान्य हुनसक्दैन । तर पनि हामीले तुलनात्मक रुपमा हेर्ने हो, तुलनात्मक रुपमा अधिकांश नेपालीजनका मनहरुमा नेकपा एमाले मनमा रहेको छ । विकास र समृद्ध भनेको नेकपा एमाले हो र नेकपा एमाले भनेको विकास र समृद्ध भन्ने कुरा नेपालीजनहरुमा बसेको छ । हामीले शत–प्रतिशत भनेका छैनौं, हामीले ८०÷८५ प्रतिशत नेपालीजनहरुले त्यो बुझ्नुभएको छ र अझ हामीले बुझाउन जरुरी छ । हामीले त्यसलाई केही समयपछि अवश्य पनि बुझाउने छौं र अझ देश समृद्धीको विकासतिर उन्मुख हुनेछ ।
✍️ पछिल्लो क्रममा हेर्ने हो भने चुनावको यो माहोलमा समग्र अग्रपंतिका नेताहरु पनि विकासका योजनाहरुलाई अगाडी बढाउने भन्दा एकअर्कालाई उडाउने, चिडाउने भाषणका क्रममा देख्न पाइरहेका छौं । तपाईले यसलाई कस्तो रुपमा लिनुभएको छ ?
हामीले जहिलेपनि स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । अस्वस्थ्य प्रतिस्पर्धाले राष्ट्र, समाज र स्वयम व्यक्तिलाई पनि राम्रो गर्दैन । त्यसले अधोगति तिर लान्छ । हाम्रो प्रतिस्पर्धा भनेको विकाससंग हुनुपर्छ, समृद्धिसंग हुनुपर्छ, समाज परिवर्तनसित हुनुपर्छ । मलाई लाग्छ अरुको टिकाटिपणी गरेर नराम्रो भनेर आफु राम्रो भईन्छ जस्तो लाग्दैन र हुँदैन पनि । तसर्थ आफुले राम्रो गर्न सकेको खण्डमा अरुलाई नराम्रो भनिरहनुपर्छ भन्ने मलाई लाग्दैन ।
अहिले घरदैलोको माहोलमा नै हुनुहुन्छ र पक्कै पनि एक हिसाबले यति जनता छन् र यति जनताबाट मैले मत प्राप्त गर्छु भन्ने केही लेखाजोखा गर्नुभएको छ ?
लगभग भईसकेको छ । हामी ७० देखि ७५ प्रतिशत मत प्राप्त गछौं भन्नेमा विश्वस्त छौं । यसमा म विश्वस्त भएको हैन मेरो पार्टीले त्यो आंकलन गरिसकेको छ ।
यसको मतलब वडाबासीहरुबाट सबैले तपाईलाई मत दिन्छन् भन्ने कुरामा विश्वास दिलाएका छन् ?
म भन्दा पनि नेकपा एमालेप्रति विश्वस्त छ किनभन्दा म पुष्कल बहादुर थापा भन्दापनि हाम्रो पार्टीले मलाई उमेद्वारी दिएको हो । म त केवल एउटा पात्र मात्र हुँ र पार्टी हाम्रो सर्वमान्य हो ।
✍️ तपाईको कुरा सुन्दा पार्टीतिरनै बढी केन्द्रित रहेको छ । व्यत्तिगत रुपमा म आफुपनि पार्टीमा छु र पार्टीसंग संगै मलाई पनि एक हिसाबले जनताले विश्वास गर्नेछन् भन्ने दृढ संकल्प तपाईमा पनि हुन जरुरी छ कि ?
हैन, म व्यक्तिवादी चिन्तमा कहिले पनि हावी भईन ।
✍️ पार्टीमा फरक–फरक धारणा भएका व्यक्तिहरु पनि हुनेगर्छन, यस हिसाबले भन्नुपर्दा यसलाई यहाँले कुन रुपमा लिनुभएको छ ?
तपाईको प्रश्नले भन्न खोजेको कुरा मैले बुझिसके । म यहाँ थोरै के कुरा जोड्न चाहान्छुभन्दा, महासागरमा पनि थोरै फोहोर त भईहाल्छ र त्यो स्वभाविक पनि हो । त्यो सफा गर्ने काम त पार्टीले गरिरहेको छ ।
✍️ यसको अर्थ व्यक्तिगत रुपमा भन्दा पनि पार्टी अन्र्तगत नै पार्टीलाई विश्वास दिलाएर अगाडी बढ्छु भन्नेमा तपाईको प्रतिबद्धता हो ?
हजुर, मैले अगाडी पनि भनेको थिए , म पार्टीको एउटा सिपाही हुँ । तपाईले हेर्न सक्नुहुन्छ मेरो हातमा भएको प्रतिबद्धता–पत्र पनि पार्टीले अगाडी बढाएको हो, हामी त केबल एउटा पात्र मात्र हो । त्यसैले यहाँका वडाबासीहरुलाई हाम्रो पार्टीले सराङ्गकोट विकासका निम्ति तयार पारेको प्रतिबद्धता–पत्र अनुसार नै उहाँहरुको मन जितेर पार्टीप्रति विश्वास दिलाए नै म अगाडी बढ्ने छु ।
हामी यस अन्र्तवार्ताको अन्त्यतिर आईसकेका छौं, अन्तिममा तपाई समग्र यस १८ नम्बरको वडाबासीहरुलाई के भन्न चाहान्छुहुन्छ ?
सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुमा यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा यहाँहरुले नेकपा एमालेलाई मतदान गरी भारी मतले विजय गराईदिनुहुन हार्दिक अनुरोध गर्दै समृद्ध सराङ्गकोट, सुखी सराङ्गकोटबासी बनाउने जुन हाम्रो प्रतिबद्धता र सपना छ त्यसलाई साकार पार्नको निमित्त यहाँहरुको पूर्ण साथ–समर्थन र सहयोग मिल्ने छ भन्ने मेरो विश्वास रहेको छ । साथै अन्तिममा यस प्रमुख मिडियालाई पनि धेरै धन्यवाद मेरो प्रतिबद्धता–पत्रलाई यहाँहरु सामु राख्ने मौका दिनुभएकोमा ।