काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहको आधिकारिक चुनाव चिन्ह “लौरो”
  • प्रमुख खबर

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो ।

साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्