साहित्य स्थल पोखराको बाटुलेचौर र लामाचौरमा धेरै साहित्य सृजना हुने गर्छन् । यसै क्रममा शुक्ला साहित्य प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका -१९ का स्रष्टा दुर्गा बस्नेतको कृति “सम्झना” को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्त रहनु भएको थियो । उहाँले आजको यो समयमा महिला हरेक क्षेत्रमा अघि बढ्नु पर्छ र साहित्य सृजनामा कलम चलाउनु हरेक कुरामा प्रतिस्पर्धा गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । त्यसै गरी साहित्यको लोप उन्मुख हुन लागेको यो अबस्थामा शुक्ला साहित्य प्रतिष्ठानले लेखक दुर्गा बस्नेतको कृति “सम्झना” प्रकाशन गर्नमा महत्त्वपूर्ण भुमीका खेलेकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
स्रष्टा परिचय कुलबहादुर केसीले राखनु भएको थियो।”सम्झना”कृतिको समीक्षा असफल गौतमले
गर्नुभएको थियो । उहाँले “सम्झना”कृति
उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई कबितामा जस्ताको तस्तै मेल खाने गरी उतारीएकोमा”सम्झना”कृतिका रचनाहरु प्रस्सनिए रहेको बताउनु भयो । त्यस्तै शुभकामना मन्तब्य पोखरा महानगरपालिका १९ का वडा अध्यक्ष शोभा मोहन पौडेल र शुक्ला साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष ईन्दु भट्टराईले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न संस्थाका व्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका सचिब गिता भट्टराईले गर्नु भएको थियो ।