पोखरा ।
आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ । यतिबेला विभिन्न राजनीतिक दलहरुका उमेद्वारहरुले तिव्र रुपमा आ–आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रमहरुलाई अगाडी बढाईरहेको छ । यसै सन्र्दभमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), पोखरा महानगरपालिका वडा नं. १६ बाट वडा अध्यक्षका उम्मेदवार राजेश गुरुङ्ग (राजु) संग यस प्रमुख मिडियाका सम्पादक संजय थापाले गरेको कुराकानीको अंशः
✍️ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी माहोल कस्तो छ त तपाईकोतर्फबाट पछिल्लो क्रममा तपाईको वडामा ?
हाम्रो वडा नम्बर १६ मा अहिले पछिल्लो समयमा चुनावी माहोल एक्दमै राम्रो भएको र हाम्रा वडाबासीहरु पनि उत्साहित भएको मैले पाएको छु । वडाबासीहरुले पनि घरदैलो कार्यक्रममा सकारात्मकखालको प्रतिक्रियाहरु दिईरहनुभएको छ । यतिमात्र नभएर उहाँहरुले आत्मीयता पनि देखाउनुभएको छ । त्यस हिसाबले पनि माहोल एक्दमै राम्रो छ ।
✍️ तपाईले अहिले हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारी दिनुभएको छ, यो भन्दा ठिक ५ वर्ष अगाडी वडा सदस्य हुनुहुन्थ्यो होइन ?
हजुर, हो २०७४ सालको निर्वाचनमा म वडा सदस्यमा निर्वाचित भएको थिए र मैले ५ वर्ष वडा सदस्यको रुपमा रहेर वडा नम्बर १६ का वडाबासीहरुका निमित्त काम गरे ।
✍️ तपाईको वडाले तपाईको कार्यकालमा के–कस्ता विकासका कार्यहरु गर्नुभयो र वडाबासीहरुका समस्याहरुलाई के कसरी समाधान गर्दै अगाडी बढ्नुभयो, यस विषयमा केही कुराहरु जोडिदिनुहुन्छ कि ?
अब पार्टीले मलाई त्यसबेला वडा सदस्यको रुपमा खडा गरिसकेपछि म वडा सदस्यको रुपमा निर्वाचित हुन समेत सफल भए र ५ वर्षसम्म सदस्यको रुपमा मेरो जति क्षेत्राधिकार थियो त्यस हिसाबमा मैले अनुशासित भएर कामहरु गरे । विकासका कामहरुलाई प्राथमिक्तामा राखेर हाम्रा वडाबासीहरुको मन जित्ने धेरै प्रयासहरु गरे । त्यस्तै विकासका पूर्वाधारका कामहरुमा धेरै खटिएर पनि लागि परे । बीचमा महामारीको रुपमा फैलिएको कोरोनाको समयमा पनि म आफुले त्यस विपद्को बेला जनतासंग एक्दमै नजिक भएर कामहरु गरे । विभिन्न राम्रा–राम्रा कामहरु गर्दै आएको भएर पनि होला मलाई पार्टीले अहिलेको निर्वाचनमा वडा अध्यक्षको रुपमा सिफारिस गरेको छ ।
✍️ तपाईले भन्नुभए अनुसार पार्टीले विश्वास गर्यो हेेैन म यहाँनेर थोरै के जोड्न चाहान्छु भन्दा पार्टीले त तपाईलाई विश्वास गर्यो तर वडाबासीले विश्वास गर्ने आधार के छन् ?
यसमा के छ भन्दा, वडाबासीहरुको कुराहरु र आवाजहरुलाई नै पार्टीले सम्बोधन गरेको हो भन्ने जस्तो मलाई लाग्छ । हुन त म वडा अध्यक्षको त्यती आकांक्षी थिन केही समय अगाडी किनकी म आफ्नो काममा नै लागि रहेको थिए । तर जब उम्मेदवारको चर्चा शुरु हुन थाल्यो त्यसपछि मलाई पनि लाग्यो मेरो आफ्नै वडाबासीहरुले वडा अध्यक्षको रुपमा अगाडी आउँनुपर्छ र बाँकी रहेका विकासका कामहरुलाई निरन्तरता दिनुपर्छ भन्ने जुन आवाजहरु मैले सुने, पार्टीले सम्भवत त्यो आवाजलाई सुनेको हुनुपर्छ । मलाई त्यही भएर पार्टीले वडा अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरेको थियो । यस्तै वडाबासीहरुले पनि विगतमा विकास निमार्णका कामहरुमा मेरो सक्रियता देखेको हुनाले नै यस १६ नम्बर वडाबासीले विश्वास गर्ने बलियो आधार नै यही हो जस्तो मलाई लाग्छ ।
✍️ तपाई बाहेक अरु पनि थिए उम्मेदवारी दर्ता गर्नको लागि तपाईको पार्टी भित्र ?
हजुर, थिए नि ।
✍️ भनेपछि ति मध्यले पार्टीले तपाईलाई नै चुने ?
हजुर, अन्तिममा आएर मलाई वडा नम्बर १६ मा हाम्रो पार्टीबाट वडा अध्यक्षको उम्मेदवारको रुपमा चुनियो या भनौ छनोट गरियो ।
✍️ तपाईले पार्टीको विश्वासलाई जितेरनै हो अध्यक्षको उम्मेदवारी पाउँनुभएको भनेपछि ?
हो, मैले ५ वर्षको कार्यकालमा वडा सदस्यको रुपमा रहेर गरेका कामहरुको मुल्याङ्कन गरेर नै हो पार्टीले मलाई वडा अध्यक्षको उम्मेदवारको रुपमा छनोट गरेको ।
✍️ अबका दिनहरुमा तपाईको भावी योजनाहरु के छन्, यदि यहाँका वडाबासीहरुले तपाईलाई वडा अध्यक्षको रुपमा पाए भने, म यो–यो काम गर्नेछु, वडाबासीहरुका समस्याहरुलाई सम्बोधन गरेर खुशी बनाउनेछु भन्ने तपाईको के प्रतिबद्धता छ ?
विशेष गरेर मैले अघिल्लो निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर ५ वर्षको कार्यकालमा जुन काम गर्दै अनुभवहरु संगाल्ने र सिक्ने मौका पाए, मेरो काम, अनुभव र सिकाईलाई यहाँका वडाबासीहरुले सही मुल्याङ्कन गरेर मलाई यस निर्वाचनमा वडा अध्यक्षको रुपमा निर्वाचित गराउनुभयो भने, सर्वप्रथम त म एउटा वडाबाट जनताले पाउने सेवा–सुविधाहरुलाई सहज अनि सरल तबरमा प्राप्त गर्न मिल्ने वातावरणको सृजना गर्नेछु । त्यस्तै भोलिका दिनमा समग्र वडाबासीले म १६ नम्बर वडाको बासीको नागरिक हुँ र अन्य वडाका बासीहरुले समेत ए तपाईहरु वडा नम्बर १६ को नागरिक हुनुहुन्छ भन्ने वातावरणको सृजना गर्ने परिकल्पना पनि गरेको छु । म हाम्रो यस वडामा विकास र नागरिकहरुको सेवा गर्ने छुु ।
✍️ विकासका योजनाहरु के–के छन्, केही लेखाजोखा त यहाँले गर्नुभएको छ होला ?
विकासको योजना भनेको सर्वप्रथम के बुझ्न जरुरी छ भन्दा १६ नम्बर वडा पोखरा महानगरको सबैभन्दा ठूलो वडा हो । मतदाता संख्याको हिसाबले अत्याधिक मतदाता संख्या भएको वडा पनि हो । सबैभन्दा ठूलो क्षेत्रफल भएको वडासंग–संगै पर्यटकीय हिसाबले प्रचुल सम्भावना बोकेको वडा पनि हो । काली खोलादेखि लिएर सेतीनदीसंगै आढैमा बगिरहेको खोला देखिलिएर चमेरो गुफा र मेहेन्द्र गुफा देखिलिएर चौको डाडा र ढिकी डाडा जस्ता एक्दमै आर्कषक र पर्यटक हिसाबले सम्भावना बोकेको हुनाले एक नम्बरमा वडा नं. १६ लाई पर्यटकीय क्षेत्रमा अगाडी बढाउनेछु र यसलाई प्रमुख प्राथमिक्तामा राखेको छु । म यहाँ थोरै केही कुरा थप्न समेत चाहान्छु शिक्षाको क्षेत्रमा यस वडा धेरै अब्बल छ । यहाँ राम्रा–राम्रा सामुदायिक विद्यालयहरु छन् तर अझ गुणस्तरीय शिक्षाको लागि म आफ्नो क्षमताले भ्याएसम्मको काम गर्नेछु । स्वस्थ्यको क्षेत्रमा पनि मैले कुनै स्वास्थ्य संस्थासंग सम्झौता गरेर विशेषज्ञ डाक्टरहरुलाई वडामा नै उपस्थिती गराएर वा वडाभित्र नै हेल्थ डेक्स् वा स्वास्थ्य शाखा संचालन गरेर सकिछ भने हप्ताको दुई दिन अथवा एक दिन भएपनि सम्पूर्ण वडाबासीहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मेरो उद्देश्य पनि छ ।
✍️ पर्यटन क्षेत्रलाई अगाडी बढाउने योजना के छ तपाईको ?
पर्यटन क्षेत्रलाई अगाडी बढाउने मेरो योजन अन्र्तगत सम्भव भयो भने मैले सराङ्गकोटदेखी झुप्राङकोटसम्म केबल कारको एउटा परिकल्पना पनि गरेको छु । त्यस्तै अर्मलाकोट देखि माथिको चोको डाडा भन्ने हिमालको मनोरम दृश्य देखिने र त्यहाँको हामेस्टेलाई एक्दमै विकास गर्दै लाने, त्यहाँ कालि लेक देखि प्राकृतिक मनोरम दृश्यहरु भएका ठाउँहरुलाई पर्यटकहरुलाई आकर्षण गर्ने तबरले त्यहाँ व्यवसायिक रुपमा रिर्सोटहरु खोल्ने ।
✍️ घरदैलो कार्यक्रममा हुनुहुन्छ, यसरी घरदैलो गर्दा वडाबासीहरुको गुनासो या भनौ समस्या त पक्कै सुन्नुभयो होला ? तपाईको वडाबासीहरुले कस्ता गुनासा र समस्याहरु तपाईलाई सुनाउनुभएको छ र त्यसको समाधानको लागि तपाई कसरी अगाडी बढिरहनुभएको छ ?
समस्याहरु ठ्याक्कै यही हो भनेर त उहाँहरुले पनि भन्नुभएको छैन र त्यस्तो समस्या अनि गुनासाहरु समेत मैले आजको मितिसम्म घरदैलो गर्दा सुन्न परेको छैन । तर हाम्रो वडा ठूलो वडा भएको हुनाले र अर्मला सो ठाउँमा सडक पूर्वधारको हिसाबले विशेष गरेर वर्षाको समयमा त्यहाँ बढी सडकहरु अवरुद्ध हुने समस्या, जमिन भासिने कुरा भयो, खेती योग्य जमिनहरु बाझो रहेकोले त्यसलाई कसरी उपयोग गर्ने भन्ने विषयमा पनि उहाँहरुको गुनासो हुनसक्छ । यस्तै हामीले अघिल्ला कार्यक्रममा धेरै भित्री सडकहरु निमार्ण गरिसकेका छौं तर केही भित्री टोलका सडकहरुमा भने उहाँहरुको केही माग या भनौं समस्याहरु भएको मैले बुझेको छु ।
✍️ नेताहरुले भन्ने कुरा धेरै जस्तो एउटै रहने गरेको छ । म यति समयभित्र यस्तो गर्छु र उस्तो गर्छु भन्नुहुन्छ तर हामीले हेर्दा विकासका गतिविधिहरु कछुवा गतिमा रहेको छ ? त्यस हिसाबमा पनि वडाबासीले तपाईलाई विश्वास गर्ने आधार के छ ?
म आफुलाई एउटा जनताको सेवक अझ भनौं गोठालोको रुपमा बुझ्छु । वडा सदस्यको कार्यकालमा मैले विभिन्न समयमा र विशेष गरेर २०७६ सालमा महामारीको रुपमा फैलिएको कोभिडले धेरै मानिसहरुमा मानसिक रुपमा समस्या उत्पन्न हुन पुगेको थियो । त्यस समयमा राज्यबाट पनि कोभिडको बारेमा जसरी व्याख्या भयो, जनताहरु जसरी त्रासमा रहेका थिए, त्यतिबेला मैले वडाबासीहरुसंग धेरै नजिक भएर कामहरु गरे । उहाँहरुको घर–घरमा गएर मैले कोभिडको बेला समस्या परेका वडाबासीहरुलाई सेवा गर्ने अवसर प्राप्त गरे । यति मात्र नभएर त्यसबेला बाहिरबाट आउने तरकारीमा पनि कोभिड हुनसक्छ र हुन्छ भन्ने जुन किसिमको कुराहरु बाहिर आयो त्यस समय तरकारीको अभाव हुनपगेको बेला मैले विभिन्न वडाहरुबाट म आफै र मेरो साथीहरुको टिमले लोकल तरकारीहरु वडाबासीहरुको भान्सामा शुलभ मुल्यमा डेलिभर गर्ने कामहरु गरे । यस्तै यावत कामहरुबाट नै यहाँका वडाबासीहरुले यसले केही न केही राम्रो काम गर्छ भन्ने विश्वास उहाँहरुमा भएको मैले पाएकोले यसलाई म एउटा आधार मान्छु ।
✍️ यस भन्दा अगाडी अर्थात २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँकै पार्टीले जित हासिल गर्दै ५ वर्षे कार्यकालको लागि सुनौलो मौका पाएको थियो यस वडामा, अहिले ५ वर्ष पूरा भएर अर्को निर्वाचनको समयपनि आईसकेको र तपाई घरदैलो कार्यक्रममा नै हुनुहुन्छ । यत्रो ५ वर्षमा तपाईहरुले के विकासका कामहरु गर्नुभयो र वडाबासीहरु के सुख पायो भनेर अहिलेसम्म कुनै वडाबासीले प्रश्न गरेको छैन ?
मैले घरदैलो कार्यक्रम गरेको पनि धेरै दिन भईसकेको छ र आजको मितिसम्म मैले घरदैलो कार्यक्रम गरिरहँदा त्यस्तो किसिमको खासै गुनासोहरु मैले पाएको छैन ।
✍️ भनेपछि खुशी नै छन्, यो पाँच वर्षको अन्र्तरालमा तपाईको वडाबासीहरु तपाईहरुले गरेको कार्यबाट खुशी छन् ?
खुशी भन्दा पनि उहाँहरु अझै पनि आशाबादी हुनुहुन्छ । तपाईले भन्न खोज्नु भएको अझै धेरै विकासका कार्यहरु पूरा भएको छैन, विस्तारै भएपनि गर्छन् कि भन्ने आशा छ उहाँहरुमा ? हजुर, उहाँहरुमा यो टिमले पक्कै केही गर्छ भन्ने आशासंगै ढुक्क भएको मैले महशुस गर्न पाएको छु ।
✍️ यसको मतलब उहाँहरुको आशालाई तपाईले निराशामा परिणत गर्नुहुने छैन भन्ने उहाँहरुको भरोसा छ तपाईप्रति ?
पक्कै पनि उहाँहरुको भरोसा म प्रति यति धेरै छ कि मैले केही गर्नेछु यस वडालाई एउटा नमुना वडाको रुपमा खडा गर्नको निम्ति ।
✍️ तपाईले उहाँहरुको आशालाई अबको पाँच वर्षको लागि यस निर्वाचन बहुमतले जित्नुभयो भने फेरी पनि आशा गरेरै बस्ने वातावरण सृजना गर्नुहुने छैन् ?
म मेरा वडाबासीहरुलाई मिठा–मिठा सपनाहरु देखाएर आशै–आशमा मात्र बस्नुपर्ने अवस्था सृजना हुन दिने छैन् । म काममा विश्वास गर्ने मान्छे । त्यसैले मैले भनेका योजनाहरु अनुरुप नै म विकासका कार्य सम्पादन गरेर मेरा वडाबासीहरुलाई अवश्य देखाउनेछु ।
✍️ पछिल्लो क्रममा हेर्ने हो भने धेरै जस्तो नेताहरु आफु कसरी अगाडी बढ्ने, आफुलाई कसरी अब्बल बनाउने, आफुले कसरी आफ्नो एजेण्डाहरुमा विकासका पूर्वाधारहरुलाई समावेश गरेर अगाडी बढ्ने र देशलाई कसरी विकास गर्ने भन्दापनि अन्य पार्टीलाई होच्याउने, खुट्टा तान्ने देखी लिएर चरित्र हत्या गर्ने कार्यमा नै अग्रपंतिका धेरै नेताहरु लागेको हामीले पाउने गरेका छौ, के भन्नुहुन्छ यस बारेमा तपाई ?
विशेष गरेर जतिपनि लिडरहरु, नेताहरु र समाजका अभियान्ताहरु हुनुहुन्छ एउटा कुरा के बुझ्नुपर्छ भन्दा समाजमा हामीले सकारात्मक सन्देशहरु प्रवाह गर्नुपर्छ । समाजमा हामीले जे कुराहरु गरिरहेका हुन्छौं, त्यो अर्को पुस्ताले सिक्ने हो । अर्काले के भन्छ म त्यता तिर जान चाहन्न तर मेरो मान्यता के हो भने तपाई जे काम गर्दै हुनुहुन्छ, त्यो कामले समाजमा सकारात्मक सन्देश दिने सकोस् । कसैलाई प्रहार गरेर वा कसैको व्यङ्ग्य गरेर हुने केही पनि होइन । यस्ता कुराहरुले समाजलाई हानि बाहेक अरु केही उपलब्धी हुनेवाला छैन् । तर हामीले अर्को पुस्तालाई के कुरा सिकाउन जरुरी छ भन्दा हामी जहिलेपनि सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्छ र जुनसुकै क्षेत्रमा किन नहोस स्वास्थ्य प्रतिस्पर्धा हुन आवश्यक छ भनेर शिक्षा दिनु जरुरी छ । मेरो आफ्नो कुरा गर्नुपर्दा मलाई कसै माथी अपशब्द ढङगमा प्रहार गर्नुपनि छैन र गर्दिनपनि । मेरो अहिलेसम्मको राजनीतिक यात्रामा मैले कुनैपनि मेरा विपक्ष दलका पार्टी र प्रतिस्पर्धीलाई लाक्षना लगाउने अनि गालीगलौज गर्ने किसिमका कार्यहरु गरेको पनि छैन र यो आवश्यकता पनि छैन् । आफ्नो गन्तव्यको बाटोमा जिहिलेपनि म अनुशासित र मर्यादित भएर नै यहाँसम्म आएको छु । म फेरी पनि के कुरा दोहोराउन चाहान्छु भन्दा हामीले जहिलेपनि समाजमा सकारात्मक सन्देशहरु प्रवाह गर्न जरुरी छ ।
✍️ पछिल्लो क्रममा हेर्ने हो भने जतिपनि पुराना दलहरु र ती दलभित्रका केही व्यक्तिहरु छन, सबै उस्तै छन् र उनीहरुले केहीपनि गरेनन् भनेर जनताहरुले नयाँ उम्मेदवार अर्थात स्वतन्त्र उम्मेदवारहरुले केही गर्छन कि भन्ने आशा पलाएको हामी देख्न सक्छौं । यस अर्थमा हेर्दा पुराना दलहरुले केही नगरेकै हुन त ? के उनीहरुबाट जनताले आश नै मारेका हुन त ? के लाग्छ तपाईलाई ?
मेरो हकमा भन्नुपर्दा वडा नं. १६ को म नेकपा एमालेको एउटा उम्मेदवारको हिसाबले मलाई लाग्छ हाम्रो पुरानो दल नेकपा एमालेप्रति उहाँहरुलाई एक्दमै विश्वास छ । उहाँहरु के कुरामा विश्वस्त हुनुहुन्छ भन्दा एमाले पार्टीले खडा गरेको क्याडेटहरुले काम गर्छन्, हाम्रो मागहरुको सुनुवाई गर्छन्, जनताको आवाजमा साथ दिन्छन् भन्ने उहाँको विश्वास मैले पाएको छु । केही व्यक्तिहरुले गरेनन् होला तर समग्र रुपमा हेर्दा पुराना दलहरुप्रति जनताको विश्वास भएको मैले देखेको छु ।
✍️ केही नेताभन्दा पनि समग्र नेताहरुनै त्यस्तो देखिएको छ यो पछिल्लो अवस्था हेर्दा, समग्र देशको विकास नहुनुमा नेताहरु गल्त भएको त देखियो नि ? जब कुनै राजनीतिक दलको सरकार हुन्छ, त्यो सरकारले जनताको सहजता र हितको काम गर्दै भने र उसलाई उसको दले पनि राम्रो ढङ्गसंग काम गर्न दिँदै भने देश त सधैभरी पछाडी नै हुनेभयो त ?
मलाई लाग्छ तपाईको प्रश्नमा यहाँ नेर एउटा मुख्य विषय के हो भने दल, व्यक्ति र नेताहरु गलत होइन होला केही अपवाद बाहेक । मलाई लाग्छ हाम्रो स्टिममा अलि खराबी छ । काम गर्ने तरिका र व्यवहारमा पनि सुधार हुन जरुरी छ । जस्तै वडा कार्यालयको हकमा भनौं भने वडाको एउटा कर्मचारीले नागरिकलाई दिने सेवाको हक समते त्यहाँनिर पनि परिवर्तन गर्न आवश्यक छ । नेताहरुले पनि स्टिमलाई परिवर्तन गर्न जरुरी छ । नेता भन्नाले जतिपनि जनप्रतिनिधिहरु हुनुहुन्छ जो यस निर्वाचन पश्चात जनप्रतिनिधिको रुपमा विभिन्न वडाहरुमा बसेर काम गर्दै हुनुहुन्छ हामी सबैले आ–आफ्नै वडाबाट स्टिमालाई सुधार गर्न जरुरी छ । सेवाको हकसमेत सुधार गर्न जरुरी छ । यसो भयो भने बल्ल समाजमा अलिकति भएपनि राम्रो सन्देश जान्छ ।
✍️ नेकपा एमाले अर्थात तपाईको पार्टीले देखेको जुन एउटा सपना छ समृद्ध नेपाल, सुखी नेपाली, यसलाई साकार बनाउनको लागि तपाईले आफ्नो वडाबाट के–कस्ता कामबाट शुरुवात गर्र्दै हुनुहुन्छ ? कि यो नारामा मात्रै सिमित हो ?
समृद्ध नेपाल, सुखी नेपाली नारामा मात्र सिमित छैन । यो हाम्रो अभियान हो । यसलाई सफल पार्नको लागि म जनताको हरेक दैनिकीमा मेरा वडामा हरेक नागरिकको म उहाँहरुलाई परेको समस्याको बारेमा उहाँहरुसंगै नजिक भएर त्यसलाई हेर्नेछु र त्यही अनुरुप काम गर्ने पनि छु । हरेक वडाबासीहरुको आवश्यकता र समग्र वडाबासीहरुको आवश्यकता के छ भनेर म लागि पर्नेछु जसले १६ नं. वडालाई विकास गर्न सक्ने हिसाबमा म लाग्नेछु ।
✍️ अन्तिममा तपाई आफ्ना वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
अन्तिमा म यही बैशाख ३० गते हुनगईरहेको स्थानीयतहको निर्वाचनमा उहाँहरुको अमुल्य मत मलाई दिई, यस हाम्रो वडा नं. १६ लाई स्मार्ट वडाको रुपमा विकास गर्नसकु, हाम्रो पार्टी नेकपा एमालेको जुन अभियान छ “समृद्ध नेपाल, सुखी नेपाली” हो त्यस नारालाई वास्तवितामा उर्तानको लागि हामी एकजुट हौं भन्न चाहान्छु ।