पोखरा महानगरपालिका वडा नम्बर २० मा घरदैलो कार्यक्रम तिब्र
  • प्रमुख खबर

पोखरा महानगरपालिका वडा नम्बर २० मा घरदैलो कार्यक्रम तिब्र रूपमा अगाडि बढेको छ । आज घरदैलो कार्यक्रम को ५ अौ दिन भलाम मौजामा घरदैलो सगै कोण सभा गरिएको थियो । वडा नम्बर २० को पाटी अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति  नेकपा एमाले प्रतिनिधि सभा सदस्य बिधा भट्टाराई रहनु भएको थियो । उहाँले नेकपा एमालेले सधै देश बिकासमा अघि बढी रहेको र अरूका गठबन्धन भएता पनि जनताले राम्रोसँग बुझेको हुदा यसपाली पनि एमाले सरकार आउन जरुरी रहेको बताउनु भयो ।                 

त्यस्तै शुभकामना मन्तव्य पूर्ब गाबिस अध्यक्ष मौजाका हरि प्रसाद गुरुङले राख्नु भएको थियो । भने वडा २० का अध्यक्ष सिम गुरूङले आफ्नो ५ बर्षको कार्यकालमा बिकासका थुप्रै कामहरू भएको जसमा यस अबधीमा पुल नभएको ठाउँमा १ वटा झोलुङ्गे पुल र २ वटा मोटर रेबल पुल बनाएको थुप्रै ठाउँमा बाटोहरू लगेको र बती नभएको ठाउँमा सोलार बती जडान गरेको बताउनु भयो । साथै आफुले काम गर्दा गर्दै पूरा हुन नसकेको अबको काम नयाँ माहानगर र वडा कमिटीले गर्नु पर्ने बताउनु भयो ।                       

अहिले नेकपा एमाले प्रतियासी अध्यक्ष गंगा बहादुर खत्रीले आफुले चुनाब जितेमा अबको ५ बर्ष भित्र २० नम्बर वडाका बाटोहरू पिच गर्ने, अधुरा रहेका बिकासका कामलाई पूर्णता दिने,हप्ताको २ दिन जनताको घर घरमा स्वास्थ्य सेवा प्रदान गर्ने, गर्बवती महिला दिदीबहिनीलाई पोषण युक्त खाने कुरा उपलब्ध गराउने साथै यहाँको शिक्षा क्षेत्रलाई अझै उच्चस्तरीय बनाउने कुरामा जोड दिनु भएको थियो । भने कार्यक्रम संचालन वडा नम्बर २० कमिटीका सह सचिव रबि किरानाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्