पोखरा महानगरपालिका वडा नम्बर १६ मा घरदैलो कार्यक्रम तिब्र
  • प्रमुख खबर

आउँदो वैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनको लागी पोखरा महानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेले घरदैलो कार्यक्रम तिब्र रूपमा अगाडि बढाएको छ । आज घरदैलो कार्यक्रम को १२ अौ दिन गोस्ते हुँदै जैमुरे,तुम्के,डाँडाथोक, सम्म घरदैलोगरिएको थियो । १६ का वडा अध्यक्ष का उम्मेदवार राजेश गुरूङ “राजु” ले आफुहरू घरदैलो गर्दै जनमानसको घर घरमा पुगेको र उहाँहरूको गुनासो सुनेको बताउनु भयो ।                                 

उँहाले बिकासका काम हरू भई रहेका छन् र केही हुन बाकी रहेका पनि छन् । यसैले आफूले जितेमा जनताले गरेका गुनासाहरुको सुनाई गर्दै आफु अहो रात्र बिकासका काममा अघि बढ्ने कुरामा प्रकाश पार्नु भयो । उँहाले यस अघिको कार्यकालमा पनि आफु सदस्य हुदा हर क्षण जनताको सेवामा खटीएको र कोभिडको माहामारीमा पनि जनता सामु आफु पुगेको साथै त्यति बेला तरकारीको भाउदरलाई सुपथ मुल्यमा बिक्रीवितरण गर्नमा आफुले सेवा गरेको बताउनु हुन्छ । पोखरा १६ मा नेकपा एमालेको तर्फवाट प्रतियासी उमेदवार वडाअध्यक्ष राजेस गुरुङ “राजु” , खुल्ला सदस्य रामचन्द्र आचार्य , खुल्ला सदस्य रामकाजी गुरूङ, दलित महिला सदस्य मन्जु नेपाली, र महिला सदस्य राजकुमारी बानियाँ रहनु भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्