पोखरा महानगरपालिका नगर प्रमुख (मेयर) पद का उम्मेदवारहरू र नागरिकबीच अन्तरक्रिया (ककस ) कार्यक्रम हुने भएको छ । पोखरा जेसीज, पोखरा लेडी जेसीज र लेखनाथ जेसीजको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काका अनुसार कार्यक्रम वैशाख २७ गते, मंगलवार, बिहान ७ः४५ बजे मानवअधिकार चोकमा चिप्लेढुङ्गामा हुनेछ।स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी उम्मेदवारहरूको आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गर्ने तथा नागरिकसङ्गको अन्तरक्रिया बिषयक ककसको आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
कार्यक्रममा सम्पूर्ण पोखरावासी जनसमुदायहरूलाई यही सूचनालाई आधार मानी उपस्थित हुनका लागि आयोजकले आग्रह गरेको छ ।
उक्त कार्यक्रम सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण तथा अन्य विभिन्न संचारमाध्यमहरूबाट पनि प्रसारण गरिने खड्काले जानकारी दिए ।