बैशाख ३० गते हुन गई रहेको स्थानीय निवाचनको अबसरमा आज पोखरामा सम्बोधनको दौरानमा ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुन जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । अोलीले युवाहरूलाई व्यवसायी बनाउनुको साथै देशमा अवसर प्रधान गर्ने बताए । भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छन् भनेका थिए ।
पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका छन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पुयाउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे । साथै अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना रहेको पनि बताए ।
आजै नेकपा एमालेको वृहद् चुनावी सभामा विभिन्न पाटीबाट ४० बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।