पोखरा ।
सरिता गुरुङ्ग
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासंगको मतान्तर ३ हजार २ सय ६२ मतसंगै अग्रता कायम राख्न सफल भएका हुन् ।
पछिल्लो अपडेट अनुसार हालसम्म ८८ हजार ४ सय ५७ मत गणना सम्पन्न हुदाँ आचार्यले ३५ हजार ५ सय ८७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले ३२ हजार ३ सय २५ मत प्राप्त गर्दै पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले अहिलेसम्म ३ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका अटेरी उम्मेदवार गणेश पौडेलले २ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै उप–मेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ्गको अग्रता कायम नै रहेको छ । गएरातीबाट अग्रता बढाएकी उनले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ८ सय १५ मतले पछाडी पारेकी छन् ।
नेकपा एमालेकी उम्मेदवार गुरुङ्गले हालसम्म ३६ हजार ८ सय ५४ मत प्राप्त गर्न सफल भएकी छन् भने कांग्रेसकी उम्मेदवार रानाभाटले ३६ हजार ३९ मत प्राप्त गरेकी छन् ।यसैबीच उप–मेयर पदका अर्का उम्मेदवार राप्रपाकी रञ्जना सेनले पछिल्लो क्रममा ३ हजार ८ सय ६४ मत प्राप्त गरेकी छन् ।