पोखरा महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा गठबन्धनका अमृत शर्मा तिमिल्सिना विजयी
  • प्रमुख खबर

पोखरा १६ को वडाअध्यक्षमा नेपाली कांग्रेसको विजयी भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी हुनु भएको छ । तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गर्नु भएको हो ।                           

तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाउनु भएको थियो । खुल्ला सदस्यमा नेकपा एमालेका खुल्ला महिला सदस्य राजकुमारी बानिया,दलित महिला सदस्य मन्जु बस्याल ,खुल्ला सदस्य  राजकाजी गुरुङ र रामचन्द्र आचार्य बिजयी हुनु भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्