पोखराको मेयरमा गठवन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जु गुरुङ विजयी
  • प्रमुख खबर

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । मंगलबार राती सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् ।

राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन्। भने मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गरे ।

पोखरा महानगरपालिकाकामा रहेका ३३ वटा वडा मध्ये कांग्रेसले २३, एमालले ९ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् । पोखरामा १ लाख ४३ हजार बढी मत खसेको थियो । यहाँ २ लाख ७ हजार मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्