वडा नम्बर २० मा पदस्थापना कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा माहानगरपालिका वडा नम्बर २० मा नब निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

पदस्थापना कार्यक्रममा वडा अध्यक्ष गंगा बहादुर खत्री,सदस्य मिना पौडेल,रूपा नेपाली, गन्र्जमान गुरुङ र उत्तम गुरुङ को पदस्थापना गरिएको थियो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष गंगा बहादुर खत्रीले आजकै दिन देखी पोखरा महानगरपालिका वडा २० मा स्थाइ बसोवास गर्ने आफ्ना नागरीकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि सुत्केरी भएकी महिला तथा नवजात शिशुको स्वास्थ्य को ख्याल गर्दै पोषण खर्च वापत रु तीन हजार रकम वडा बाट उपलब्ध गराउने बताउनु भएको छ भने आगमी दिनहरूमा आफुले प्रतिबद्धता गरेका कुराहरूलाई निरन्तर दिने जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्