पोखरा माहानगरपालिका वडा नम्बर १६ मा नब निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
पदस्थापन कार्यक्रममा वडा अध्यक्ष अमृत तिमिल्सिना,सदस्य राजकुमारि बानिया , मञ्जु नेपाली, रामकाजी गुरुङ र रामचन्द्र आचार्य को पद स्थापना गरीएको थियो ।
कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष अंमृत तिमिल्सिनाले महिला तथा नवजात शिशुको स्वास्थ्य को ख्याल गर्दै पोषण खर्च वापत रु एक हजार वडा बाट उपलब्ध गराउने साथै आगामी आर्थिक वर्षदेखि यहि वडा भित्र रहेका अस्पतालहरूमा सुत्केरी हुन आउदा लाग्ने एम्बुलेन्स खर्च निशुल्क गर्ने बताउनु भयो। साथै आगामी दिनहरूमा आफुले प्रतिबद्धता गरेका कुराहरूलाई निरन्तर दिने जानकारी गराउनु भयो ।