पोखरा माहानगरपालिका वडा नम्बर १९ मा नब निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
पदस्थापन कार्यक्रम मा वडाध्यक्ष पुस्पेन्द्र पाण्डे, सदस्य दुर्गा बस्नेत, कल्पना परियार, बिकास आचार्य र नवराज जि सि को पदस्थापना गरीएको थियो ।
कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेले पदस्थापना भएको सुरुवातको दिनमा नै बसेको बैठकले पोखरा महानगरपालिका वडामा स्थाइ बसोवास गर्ने आफ्ना नागरिकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि अति विपन्न परिवार छनौट समिति बनाइ समितिका सिफारिस का आधारमा निशुल्क स्वास्थ्य बीमाको खर्च वडा बाट मिलाउने निर्णय गर्नु भएको छ ।