बिधालय स्तरिय छात्र छात्रा ५ किमि शुभकामना दौड कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

बगर भाइ खलक र दिप युनाइटेड क्लबको संयुक्त आयोजना र नेपाल भुतपुर्ब खेलाडी मन्चको प्राबिधिक सहयोगमा आज बिधालय स्तरिय छात्र छात्रा ५ किमि शुभकामना दौड कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन  प्रमुख अतिथी नबनिर्बाचित वडा न १ का वडा अध्यक्ष श्री सहारा प्रधानले गर्नु भएको थियो । भने कार्यक्रम संयोजक जुम प्रसाद गुरूङ र बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरूङले नेपालको झण्डा प्रमुख अतिथि वडा नं १ का अध्यक्ष लाई हस्तांतरण गरेर सुभारम्भ गर्नु भएको थियो ।        प्रमुख अतिथि वडा नं १६ का अध्यक्ष  अंमृत शर्मा तिमिल्सिनाले दीप यूनाइटेड क्लब र बगर भाई खलकले गरेका खेलकुद र सामाजिक कार्यको खुलेर प्रंशसा गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन प्रदेस खेलकुद परिषद , महानगर खेलकुद बिकास समिती, वडा न १ को कार्यालय, वडा न १६ को कार्यालय , क्याप्टेन कृष्ण बहादुर गुरुङ,नेपाल भुतपुर्ब खेलाडी मन्च, दिप हस्पिटल एन्ड रिसर्च सेन्टर , हिमालयन क्लब बाटुलेचौर, वडाप्रहरी कार्यालाय बगर को विशेष सहयोग रहेको थियो ।                                             

कास्की जिल्ला विद्यालय स्तरिय ५ किमि छात्र,छात्रा शुभकामना दौडमा छात्रतर्फ सैनिक आवाशिय माविका प्रवेश आचार्य र छात्रातर्फ त्रिवेणी पव्लिककी एन्जला अधिकारीले जिते हासिल गरीन् । जित संगै उनीहरुले जनही नगद रु १०,१० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । छात्रतर्फ दौडमा सैनिक आवाशिय माविले सफलता हात पारेको थियो । छात्रतर्फ पहिलो, दोश्रो र तेश्रो स्थान यसै विद्यालयका छात्रहरुले प्राप्त गरे । त्यसै गरी छात्रातर्फ इन्द्रराज्य माविकी आइतीमायाँ घलेले दोश्रो स्थान प्राप्त गरीन् ।भने अमर सिंह माविकी सौरभी मल्लले तेश्रो स्थान हात पारीन् ।                                                         

विजेता दोश्रो हुने छात्र,छात्राले जनही नगद रु ७,७ हजार र तेश्रो हुनेले जनही नगद रु ५,५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ ५० जना र छात्रातर्फ ३० जनालाई उनीहरुदौड क्रमसंख्याका आधारमा मेडल वितरण गरिएको थियो । दौडमा कास्कीका विभिन्न सरकारी र निजी विद्यलायका गरी ९ सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए । बगर टुँडीखेलबाट शुभारम्भ भएको दौड ट्याक्सी चोक, केआइसिं पुल, लामाचौर हुँदै पोखरा १६ बाटुलेचौरको सांस्कृतिक खेल मैदानमा पुगेर सम्पन्न भएको थियो ।                   

त्यसै गरी दौड सुरु हुदा बिभिन्न रुटमा खेलाडी हरुको हौसला बढाउन र ट्राफिक ब्यबस्थापनमा सहयोग पुराउनु हुने बगर  भाई खलक , नागचोक, केआईसिङ पुल, सुन्दरफिड चोक र लामाचौर ट्याक्सी इकाई समितिका सदस्यहरु विभिन्न आमा समुहहरु , टोल बिकास सस्था र अन्य संघ  सस्था एबम क्लबहरु लगाएत सहभागी बिधालयहरुको सहयोग रहेको दिप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिनु भयो । कार्यक्रम समापन दीप यूनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्यले गर्नु भयो भने कार्यक्रम संचालन बगर भाई खलकका महासचिव याम बहादुर गुरूङले गर्नु भएको थियो ।                

तपाईको प्रतिक्रिया दिनुहोस्