नगेन आर्ट एकेडेमीमा राष्ट्रिय कला प्रदर्शनीको समिक्षा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

 

नगेन आर्ट एकेडेमीको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आठ दिनसम्म संचालन भएको नेशनल फाईनआर्ट प्रदर्शनीको समिक्षा एंव सुचि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
यही जेष्ठ ८ देखि १५ गतेसम्म संचालन भएको सो फाईनआर्ट प्रदर्शनी कार्यक्रम पोखराको चिप्लेढुङ्मा अवस्थीत घामपानी मार्केटभित्र रहेको एकेडेमीको आफ्नै हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल नाटक तथा संगित प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले दिनभर साहित्य र संगितका तीन–चार वटा कार्यक्रममा गएर थकित हुँदै आएको समयमा चित्रकला हेर्दा दिनभरको थकान मेटिएको बताउँदै वरिष्ठ    कलाकारदेखि बाल कलाकार सबैको चित्रकला एकै ठाउँमा हेर्न पाउँदा एक्दमै आन्नद र रमाईलो महशुस भएको बताउनुभएको छ ।
उहाँले अभावका बाबजुद पनि नगेन आर्ट एकेडेमीले जुन हिम्मत देखाएर मेहेनतका साथ फाईनआर्ट प्रदर्शनी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ यो प्रसंशसनिय कार्य भएको बताउनुभएको छ ।
उहाँले यस प्रर्दशनी कार्यक्रमले नवोदित कलाकारहरुलाई पनि समेटेर उहाँहरुको कलालाई स्थान दिएर हौसला प्रदान गरेको पनि जनाउनुभएको छ । उहाँले राजधानी बाहिर केहि गर्ने उद्देश्यले खोलिएको एकेडेमीको सफलताको कामना गर्दै पोखरामा अरु विधाका कार्यक्रमहरु भईरहेको अवस्थामा यसरी चित्रकलाको पनि आफ्नो छुट्टै कार्यक्रम आयोजना भएको देख्दा अत्यन्त खुशी लागेको पनि बताउनुभएको छ ।
सो प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पूर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना मात्र होइनन् अभिन्न अंगका रुपमा नै घोषणा गर्नुपर्ने माग राख्नुभएको छ ।उहाँले प्रत्यक सरकारी विद्यालयमा कला शिक्षा हुनुपर्ने र प्रत्यक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने लगायतका मागहरु समेत सो कार्यक्रममार्फत राख्नुभएको छ ।
सो कार्यक्रममा अतिथिका रुपमा उपस्थित पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले एकेडेमीको सफलताको शुभकामना दिनुभएको छ ।
त्यस्तै उहाँले यस ठाउँमा अरु साहित्यको कार्यक्रमहरु भईरहने तर चित्रकलाको कार्यक्रम न्यून रुपमा हुने गरेको बताउँदै अबका दिनमा भने चित्रकलाका यस्ता कार्यक्रमहरु निरन्तर रुपमा आयोजना भईरहने आशा व्यक्त गर्नुभएको छ ।कार्यक्रममा कला शिक्षक सुरेन्द्रराज अधिकारीले पनि यस ठाउँमा यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्दै पोखराको कला जगतमा नयाँ आयाम थप्ने जिकिर गर्नुभएको छ ।
उहाँले यस्ता प्रदर्शनीले कला विकास र कला सृजना गर्न थप हौसला मिल्ने बताउँदै यस समिक्षा कार्यक्रमबाट कला विकासमा टेवा पुग्ने समेत जनाउनुभएको छ । सो कार्यक्रमका संयोजक प्रमिशा सिलवालले पोखरा पर्यटकीय शहर भएकोले कलाको प्रवद्धधन र विकास हुनु अति आवश्यक रहेको र त्यसको लागि यस्ता कला प्रदर्शनी कार्यक्रमहरु समय–समयमा आयोजना हुन जरुरी रहेको बताउनुभएकोे छ ।
उहाँले आफुहरुले यस क्षेत्रमा कलाको विकासका निम्ति यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा आयोजना गर्ने पनि स्पष्ट पार्नुभएको छ ।सो आठ दिने नेशनल फाईनआर्ट प्रदर्शनी कार्यक्रममा सहभागी कलाकारका तर्फबाट आयुष बाटाजुले आफ्हरु यसरी यस कला प्रदर्शनीमा जोडिन पाउँदा खुशी लागेको बताउँदै आफु जस्ता युवा कलाकारहरुलाई पनि यस कार्यक्रममा समेटेकोले अझ चित्र कोर्न थप हौसला र उर्जा मिलेको पनि बताउनुभएको छ ।
यस्तै नेगन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योती हमालले राज्यले कला र कलाकारहरुको सम्मान गर्न नसकेका कारण नेपालबाट धेरै कलाकारहरु पलायन हुने अवस्था सृजना भएको जनाउनुभएको छ ।उहाँले पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी संचालनमा ल्याएको जानकारी दिनुभएको छ । उहाँले विकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्ने सुनेको तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी र यो एक्दमै र्दुभाग्य पूर्ण भएको बताउनुभएको छ ।
उहाँले वडामा त के कुरा यहाँ त महानगरमा पनि आर्टको, कलाको केही नभएको र चित्रकला, नाटक, गितसंगित लगायतका कलालाई सरकारबाट नै उपेक्षा गर्ने कार्य भएको जनाउँदै यो राष्ट्रको लागि र्दुभाग्यपूर्ण भएको पनि जनाउनुभएको छ ।त्यस्तै उक्त कार्यक्रममा एक्सिस् एनिमेशन एकेडेमीका मोनिटर असिम कुमाल लगायत अन्य अतिथिहरुले पनि मन्तव्य राख्नुभएको छ । सो प्रर्दशनी कार्यक्रममा सात प्रदेशका १४ जिल्लाका ५१ जना कलाकारका १ सय १ कलाकृतिहरु रहेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्