पोखरा, २२ जेष्ठ पाेखरा १९ लामाचाैरमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस फाउन्डेशनले विश्व वातावरण दिवसकाे अवसर पारी आज अमला विसाैनी बाटुलेचाैर देखि ॐ कारेश्वर मन्दिर घार्मीसम्म विभिन्न जातका दुई सय विरुवा राेपेकाे हो । यस्तै वरपरको प्राकृतिक वातावरण आकर्षक, सफा, सुन्दर साथै सुगन्धित हुने गरि अमला विसाैनीदेखि घार्मीसम्मकाे सडक किनारमा, गुलमाेहर, पारिजात, अमला, बेल आदि विरुवा राेपेकाे फाउन्डेशनले जनाएको छ ।
फाउन्डेसनले पानीट्यनङ्की माथि बेलकाे रुख भनिने ऐतिहासिक ठाउँ, जहाँ पुरानाे बेलकाे रुख मरेर हाल बेल थिएन उक्त ठाउँमा बेल सजिव गराउने उदेश्यले पुन: बेलका बिरुवाहरु राेपेकाे छ । पछिल्लाे समयमा पाेखरा नगरीमा धार्मिक पर्यटकीय क्षेत्र बन्दै आएकाे अमला बिसाैनीदेखि ॐ कारेश्वर मन्दिर क्षेत्र घार्मीलाई थप मनाेरम बनाउनकाे लागि फाउन्डेशनले विश्व वातावरण दिवसकाे अवसर पारेर सडककाे दायाँ बायाँ किनारमा राताे, सेताे पहेलाे र निलाे रंङगा फुल फुल्ने गरि गुलमाेहर लगायतका विभिन्न प्रकारका फुलका विरुवाहरु राेपेकाे बताउँदै फाउन्डेशनका संयाेजक सविन जि.सीले यस क्षेत्रमा लाली गुरास पनि राेप्न खाेजेकाे र यस वर्ष विरुवा पाउन नसकेकाे र आउने वर्ष राेप्ने गरि जिल्ला वन कार्यलयसंग कुरा भईसकेकाे बताउनु भयाे ।
२०७६ मा गठन भइ सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकाे सामाजिक संस्था यस फाउन्डेसन लामाचाैरले सामाजिक क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आईरहेकाे छ र विशेष गरेर काेभिड महामरीकाे बेला महामारी राेकथाम एवं वचाउ अभियान संचालन गरेर धेरैलाई आवश्यक सहयाेग पुर्याएकाे थियाे। नितान्तरुपमा सामाजिक सेवामा समर्पित यस फाउन्डेसनले भाेलिका दिनमा पनि सामाजिक सेवामै केन्द्रित रही आफ्नाे कार्यक्षेत्र विस्तार गर्दै लाने कुरा संयाेजक सविन जि.सीले जनाउनु भयाे ।