पोखरा ।
पृथ्वीराजमार्ग अन्र्तगत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी साधनहरु चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी साधनहरु पास हुने व्यवस्था गरेको हो ।
विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीरको साथै कडा चट्टान भएकाले भित्तातर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था सृजना भएको जानकारी दिएका छन् । जसले गर्दा यस सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ ।
उनका अनुसार सो सडकको काम नभएसम्म कुनै पनि ठूला सवारी साधनहरु आवातजावत गर्न नपाउने पनि बताएका छन ।
त्यस्तै पहिरो गएको सो स्थानमा २ जना व्यक्तिको शव समेत भेटिएको छ । अबिरल वर्षापछि गए राति करिब ३ बजेतिर त्यहाँ सडक भासिएको थियो । सडक भासिएका कारण त्यहाँ एउटा कार र मोटरसाइकल नदीमा खसेको थियो ।