शुक्ला साहित्य प्रतिष्ठान द्वारा नबनिर्बाचित जन प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न 
  • प्रमुख खबर

शुक्ला साहित्य प्रतिष्ठानले अक्षयकोष बृद्धि महाअभियान एवम् आजिबन सदस्य प्रमाण पत्र बितरण साथै नबनिर्बाचित जन प्रतिनिधि हरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।                           

शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतम मन्तब्य नेत्र बहादुर बानियाँले राख्नु भएको थियो । शुक्लाले अक्षयकोष बृद्धि महाअभियान एवम् आजिबन सदस्य प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न गरेको छ । भने नब निर्वाचित वडा नम्बर १६ र १९ का वडा अध्यक्ष लगायत सदस्यहरूलाई खादा र प्रमाणपत्र दिई सम्मान गरेको शुक्ला साहित्य प्रतिष्ठानका सचिब गिता भट्टाराईले जानकारी दिनु भयो ।                               

कार्यक्रमा १६ का वडा अध्यक्ष अंमृत तिमिल्सिनाले अबका दिन हामी सबै एक भई अगाडि बढ्नु पर्छ तब मात्र वडा लाई नमुना वडा बनाउन सकिने बताउनु भयो । उँहाले शुक्लाले आयोजना गरेका कार्यक्रमहरू प्रस्सनिय रहेको बताउनु भयो ।                                 

त्यस्तै १९ नम्बर वडाका वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेले शुक्ला साहित्य प्रतिष्ठानले देश भरी नै साहित्यको उजागर गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
भने कार्यक्रममा विभिन्न संस्थाका व्यक्तिहरूको उपस्थित  रहेको थियो ।कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हरि बरूवालले गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्