• प्रमुख खबर

 

पोखरा ।

नेपालमा पनि मंकीपक्स भाइरसको संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेको छ । काठ्माण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक व्यक्तिमा मंकीपक्सको संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखा परेको हो । हालै मात्र ती व्यक्ति दुबईबाट नेपाल आएका हुन् ।

अहिले टेकु अस्पतालमै भर्ना गरि उनको उपचार भईरहेको छ । एक उच्च स्रोतका अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा सो भाइरसको संक्रमण भएको हुनसक्ने आशंका गरेर चेकजाँचका लागि टेकु पठाएको थियो ।

मंकीपक्स भाइरसको परिक्षण नेपालमा नहुने भएकाले यस विषयमा के गर्ने भनेर छलफल भइरहेको अस्पतालका एक चिकित्सकले बताएका छन । यो भाइरस विशेषगरी संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार यो रोग मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख तथा आँखामा भाइरस परे संक्रमण हुने बताएका छन् । उनले यो रोग संक्रमितसंग नजिकमा रहने व्यक्तिमा सर्ने जोखिम हुने पनि जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्