मंकीपक्स संक्रमणको आशंका गरिएको एक व्यक्तिमा कुष्ट रोगको पुष्टि
  • प्रमुख खबर

पोखरा ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा मंकीपक्स संक्रमणको आशंका गरिएको एक व्यक्तिमा कुष्ट रोगको पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट चेक जाँच गर्दा ती व्यक्तिमा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

विभिन्न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा ती व्यक्तिमा मंकीपक्सको संक्रमण नभइ कुष्ट रोग पुष्टि भएको जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्