• प्रमुख खबर

पोखरा ।

“मानव जीवनका लागि योग” भन्ने आह्वानसहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा योग सबैका लागि र सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

वैदिक कालमा हिमालयको काखसमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त बनेको थियो । यही क्षेत्रबाट पुन जागरण गर्न घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुन निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

नेपाल सरकारले वि.सं. २०७२ श्रावण २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । हाल नेपालमा माघ १ गतेका दिन राष्ट्रिय र जुन २१ लाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्